मत बदर हुने अवस्था
मतपत्र बदर हुने कारण र अवस्थाहरु धेरै हुनसक्दछन तर धेरै सख्याँमा मतपत्र बदर हुनु प्रजातन्त्र अनि नागरीक अधिकारमाथिको प्रश्न चिह्न पनि हो । स्थानीय निकाय निर्वाचन भाग १, बैशाख ३१ मा भएको चुनावमा मतपत्र बदरको सख्या अधिकतम नै थियो । कारण थियो एक मिटरभन्दा पनि लामा लामा मतपत्र अनि मतदाता शिक्षाको कमी, यसपालाको भाग २ निर्वाचनमा के हुन्छ हेर्न बाँकी छ । तथापी नेपालको निर्वाचन सञ्चालन ऐन ले मतपत्र बदरका बारे के कस्तो ब्याख्या गरेको छ, जान्न जरुरी छ ।
निम्न अवस्थामा मतपत्र बदर हुने गरेको छ । यदि मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भएमा, निर्वाचन सञ्चालन ऐन को सेक्शन ३६ को सबशेक्शन २ अनुरुप मतदान चिह्न नभएमा अर्थात उम्मेदवारको चुनाव चिह्नमा स्पष्ट मतदान चिह्न नभएमा, मतपत्र धेरै खुम्चेर या च्यातिएर बुझ्न नसक्ने अवस्थामा भएमा, मतपत्र धमीलो या फोहोर भई मत बुझ्न वा ठम्याउन सक्ने अवस्थामा नभएमा, उम्मेदवारको निर्धारित चिह्न भन्दा बाहीर मतचिह्न भएमा, कुनै उम्मेदवारको चिह्न नभएको खाली ठाँउमा मत चिह्न लगाएको भएमा मत बदर हुने अवस्था आउँछ ।
त्यस्तै, मतदान नगर्ने शर्तमा निर्वाचन अधिकृतलाई फिर्ता दिएको मतपत्र भएमा, एकभन्दा बढि उम्मेदवारको चिह्नमा मतचिह्न भएमा, निर्वाचन आयोगले तोकेको बाहेक अन्य कुनै मतपत्रमा मत खसाइएमा, मतपत्र यदि मतपेटिका भन्दा बाहिर पाइएमा र फर्जी मतपत्र पाइएमा मतपत्र बदर हुन्छ ।
यस्तो अवस्था नआउनका लागि मतपत्रमा चिह्न लगाउने बिषयमा राजनीतिक दल, उम्मेदवार, निर्वाचन आयोगका र मतदाता शिक्षा दिन गएका स्वंयसेवकले मतदाता शिक्षा दिएर मतदातालाई सिकाउन आवश्यक रहेको छ । यसले मतपत्र बदर हुने अवस्थालाई कमी ल्याउन सकिन्छ ।
