२०८०, १६ मंसिर शनिबार

बदर मत घटाउन जुम्लाको कनकासुन्दरी र सिंजामा नमुना मतदान

जुम्ला : आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदाता शिक्षा कार्यक्रम अन्तर्गत जुम्लाको कनकासुन्दरी र सिंजा गाउँपालिकामा नमुना मतदान गरिएको छ ।
नमुना मतदानमा देखिएका कमी–कमजोरी सच्याउन साथै मतदानको प्रक्रिया, मतपत्रमा स्वस्तिक छाप र मतपेटिकामा मत खसाल्नेसम्मको अभ्यास गराइएको छ। जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका सूचना अधिकारी अभिनन्द चौलागाईले बताए ।
उनका अनुसार एक नगरपालिका र ७ गाउँपालिका रहेको यस जिल्लामा हालसम्म सिंजा र कनकासुन्दरी गाउँपालिकामा पहिलोपटक नमुना मतदान कार्यक्रम गरिएको हो । अन्य गाउँपालिकामा छिट्टै नमुना मतदान कार्यक्रम गरिने सूचना अधिकारी चौलागाईले जनाए । हालसम्मको नमुना मतदानमा अपेक्षा गरिएकोभन्दा धेरै मत बदर भएको पाइएको छ ।