२०८३, १७ असार बुधबार

एमाले अध्यक्ष ओलीसँग मत माग्ने नैतिक आधार छैनः अध्यक्ष दाहाल

सुर्खेत : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मालाई जनतासँग भोट माग्ने नैतिक आधार नभएको बताएका छन् । कालीकोटको रास्कोट नगरपालिका–५ स्युना बजारमा वाम–लोकतान्त्रिक गठबन्धन दलले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीसँग भोट माग्ने नैतिक आधार नभएको बताएका हुन् ।
एमाले अध्यक्ष ओलीसँग जनतासँग भोट माग्ने आधार नभएको बरु अहिले उनले जनतामा विगतमा गरेको गल्ती स्वीकार गर्नु पर्ने बताए । ‘केपी ओलीले भोट एमाले वा मलाई दिउँ भन्ने आधार के छ ? उनले दुई तिहाईको सरकार ढाले । भ्रष्टाचार गरे । सिंगो कम्युनिष्ट पार्टी भंग गरे । संसद भंग गरे ।’ उनले भने,‘अहिले उनले जनताको अगाडी गएर क्षमा माग्नु पर्ने थियो । तर, अहिले उनले त्यो कुनै पश्चताप छैन् । त्यसैको आधारमा उनलाई एमालेमा भोट माग्ने नैतिक आधार छैन् ।’
अहिले पनि प्रतिगमनको खतरा रहेको र प्रतिगमन खतरा रहेसम्म नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन जारी रहने बताए । ‘चुनावपछि आउने सरकार गठबन्धनकै बन्नेछ ।’ उनले भने, प्रतिगमनका खतरा रहेसम्म गठबन्धन जारी रहनेछ ।’ उनले भने,‘प्रतिगमनका खतरा रहेसम्म गठबन्धन जारी रहनेछ ।’
लोकतन्त्रका पक्ष र गणतन्त्रका पक्षमा कांग्रेस सभापति पूर्वसभापति गिरिजाप्रसाद कोइराला र आफु लागेको अध्यक्ष दाहालको भनाई रहेको छ । ‘शान्ति प्रक्रियाका लागि स्व. गिरिजाप्रसाद कोइराला र हामीले विगतकादेखि लागेको हो ।’ उनले भने,‘शान्तिका सुत्रधार हामी भएकाले त्यो बेलादेखि नै गठबन्धन बनेको भन्दा फरक पर्दैन् ।’
गठबन्धन दलले विजय गरेमा विगतददेखि नै पछाडी पारिएको कर्णाली र कालीकोटका विकास लागि बिषेश ध्यान दिइने अध्यक्ष दाहालले बताए । ‘कर्णाली प्रदेश राजतन्त्रले पछि पारेका क्षेत्र पारेको हो । गठबन्धनको सरकार बन्यो भने पहिलो बजेट कर्णाली प्रदेश र त्यसैमा मानव सुचाङ्कमा पछाडी परेको कालीकोटलाई छुटाइने छ ।’ उनले भने,‘कर्णालीको विकासको लागि मैले कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवासँग पनि कुरा गरेको छु ।’
कालीकोटको फुकोट कर्णाली जलविद्युत परियोजना, कोटबाडा मान्म केवुलबार बनाउने र कोटबाडा विमानस्थल स्तरउन्नतीसँगै सञ्चालन, कर्णाली राजमार्ग र कर्णाली करिडोर दुई लेनको सडक बनाउने अध्यक्ष दाहालले बताए ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिगमन बिरुद्ध गठबन्धन बनेको बताए । ‘तपाईले हामीलाई विजयी भएर गठबन्धनको सरकार बन्यो भने कर्णालीलाई क्षतिपुर्तिसहित विकास गर्न तयार छौं ।’ उनले भने,‘हामी पूर्ण शान्ति बनाएर देशको विकास गर्न थाल्छौं । हामीले यो देशको विकास हामीले गर्ने हो ।’
प्रतिगमनलाई माथि उठ्न नदिन लागि यो गठबन्धन बनेको उपसभापति खड्काको भनाई थियो ।