२०८३, १७ असार बुधबार

मुख्यमन्त्री बन्ने आसमा प्रतिनीधिसभाबाट प्रदेशसभामा झरेका कर्णालीका यी उम्मेदवार

सुर्खेत : २०७४ सालको निर्वाचनमा प्रतिनीधिसभामा विजयी भएका कर्णालीका तीन जना अहिले मुख्यमन्त्री बन्ने आसासहित प्रदेशसभा झरेका छन् । प्रतिनीधिसभाका सदस्य भइसकेका मुगुका गोपालबहादुर बम, कालीकोटमा दुर्गबहादुर रावत र हुम्लाका छक्कबहादुर लामा मुख्यमन्त्री बन्ने आसासहित प्रदेशसभा उम्मेदवार बनेका हुन् ।
प्रतिनीधिसभा सदस्य भइसकेका बम, रावत र लामासँगै सधै जाजरकोटबाट प्रतिनीधिसभा निर्वाचन लड्ने राजिवबिक्रम शाह पनि मुख्यमन्त्रीको दाबीसहित प्रदेशसभामा झरेका छन् ।
कर्णालीमा मुख्यमन्त्री २०७० सालको निर्वाचनमा प्रतिनीधिसभाको सांसद रहेका महेन्द्रबहादुर शाही र जीवनबहादुर शाही कर्णालीको मुख्यमन्त्री बनेपछि अहिले प्रतिनीधिसभा सांसद रहेका मुख्यमन्त्री बन्नका लागि प्रदेशमा झरेका हुन् । शाहीद्वय संघीय सरकारका मन्त्री भएर पुनः मुख्यमन्त्री बन्नका लागि प्रदेशमा झरेर मुख्यमन्न्त्री भएका थिए ।
एकीकृत समाजवादीका गोपाल बम (मुगु)
प्रतिनीधिसभाका निवर्तमान सांसद गोपालबहादुर बम मुख्यमन्त्री बन्नका लागि मुगु ‘क’ बाट उम्मेदवारी दिएका छन् । उनले एकीकृत समाजवादीका तर्फबाट मुगुबाट उम्मेदवारी दिएका हुन् । वामलोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका बम कर्णाली प्रदेश सरकार एकीकृत समाजवादीको भागमा परे उनी मुख्यमन्त्रीको दाबेदार हुन् ।
चुनाव जित्दा कर्णालीमा दाबी गर्न सक्ने नेताका रुपमा उनलाई हेरिएको छ । बमसँग मुगुको प्रदेशसभा ‘क’ बाट एमालेले जितबहादुर मल्ल उम्मेदवार बनाएको छ । एकीकृत समाजवादीबा बमलाई अहिले कांग्रेस र माओवादी केन्द्रको साथ छ । बम मुख्यमन्त्री बन्ने आंकाक्षासहित प्रदेशसभामा झरेको एकीकृत समाजवादीका नेताहरुले बताउने गरेका छन् ।
माओवादी केन्द्रका दुर्गबहादुर रावत(कालीकोट)
कालीकोटकाबाट निवर्तमान सांसद रहेका दुर्गबहादुर रावत अहिले कालीकोटको क बाट माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएका छन् । उनी एमालेका कुर्र्मराज शाहीसँग प्रतिस्पर्धा गर्दैछन् । विगतमा कर्णाली प्रदेशसभा सदस्य रहेका शाही फ्लोरक्रस गरेर महेन्द्रबहादु शाहीलाई मुख्यमन्त्रीमा जोगाएका थिए । एमालेबाट एकीकृत समाजवादीमा गएका शाही एकीकृत समाजवादीले उम्मेदवार नबनाएपछि पुनः एमालेमा नै फर्किएर प्रदेशसभाको उम्मेदवार बनेका हुन् ।
नेपाली कांग्रेस, एकीकृत समाजवादी, नेपाल जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको समर्थनमा उम्मेदवार बनेका रावत मुख्यमन्त्रीको दाबीसहित प्रदेशसभामा झरेका हुन् । ‘संघीय सांसद भएकोले स्वाभिविकै रुपमा म प्रदेशको मुख्यमन्त्रीको दाबी हो ।’ रावतले भने,‘तर, अन्तिम निर्णय पार्टीले गर्ने भएकाले त्यो स्वीकार गर्छु ।’
एमालेका छक्कबहादुर लामा(हुम्ला)
स्वतन्त्रबाट उम्मेदवारी दिएर २०७४ सालको निर्वाचनमा हुम्लाबाट प्रतिनीधिसभा विजयी भएका माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य छक्कबहादुर लामा मुख्यमन्त्रीको दाबीसहित एमालेमा प्रवेश गरेर प्रदेशसभाको उम्मेदवार बनेका छन् ।
हुम्ला प्रदेशसभा ‘ख’ बाट उम्मेदवारी दिएका लामाले बामलोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहेका कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग प्रतिस्पर्धा गर्दैछन् । हुम्लामा चुनाव प्रचार–प्रसारमा रहेका लामाले मतदातासँग भावी मुख्यमन्त्री आफु नै भएको भनेर मत मागिरहेका छन् । ‘म विगतमा दुई पटक संघीय सांसद भएको मान्छे । अहिले म प्रदेशसभाको निर्वाचनमा झरेको छु ।’ एउटा चुनावी सभामा भने,‘म मुख्यमन्त्रीको प्रमुख दाबेदार भएर नै प्रदेशमा झरेको हुँ ।’
प्रतिनीधिसभाका लागि लडिरहने शाह पनि मुख्यमन्त्री दाबीसहित झरे प्रदेशमा
जाजरकोटबाट २०७० साल २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसको प्रतिनीधिसभाको उम्मेदवार रहेका राजिवविक्रम शाह पनि मुख्यमन्त्री दाबीसहित प्रदेशमा झरेका छन् । जाजरकोट (ख) मा उम्मेदवार रहेका शाह पनि मुख्यमन्त्रीको दावेदारका रुपमा हेरिएको छ ।