कालीकोट जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु
सुर्खेत : मुगुबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कालीकोटको तिलागुफा–५ खल्लागाडमा यात्रुवाहक जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।
मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे १ च ४४१२ नम्बरको जिप मंगलबार दिउँसो कर्णाली राजमार्गमा दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनुका साथै सात जना घाइते भएका छन् ।
दुर्घटनामा मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुदर्शन सेजुवालको मृत्यु भएको कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले नेपालले बताए ।
जीपमा १० जना सवार रहेको, एक जनाको घटनास्थलमा र दुई जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरी जनाएको छ ।
घाइते रहेका सात जनाको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
