गठबन्धन टुटाउन कसैले सक्दैन्
सुर्खेत : बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा बाम गठवन्धनका तर्फबाट बनेका प्रदेश तथा संघमा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरुले गठवन्धन टुटाउन कसैले नसक्ने हुँदा जीत सुनिश्चित भएको दावी गरेका छन् ।उनीहरुले विकास र निकासको नेतृत्व यही गठवन्धनबाट उम्मेदवार बनेकाहरुले दिने जिकिर गर्दै रत्तिभर पनि विचल्लित नहुन सुझाव दिएका छन ।
बाम गठवन्धनका तर्फबाट प्रतिनिधि सभामा सुर्खेत क्षेत्र नं. २ का उम्मेदवार एवं कांग्रेस पूर्व केन्द्रीय सदस्य हृदयराम थानीले गठवन्धनमा सरिक दलहरु एउटै डुंगामा बसेकोले कसैले पनि तलमाथि नगर्न आग्रह गरे । उनले गठवन्धनमाथि शंका नगर्न पनि आग्रह गर्दै जिल्ला तथा प्रदेशको विकास र निकास दिने नेतृत्व गठवन्धनबाटै हुने बताउनु भयो।उहाँले अहिले देश र प्रदेशको विकास तथा समृद्धिको नेतृत्व गर्ने सुनौलो मौका पनि आएकोले त्यसमा सवैले आ–आफ्नो स्थानबाट सहयोग गर्न अपिल गरे ।
उनले आफू निर्वाचित भएमा नातागोतालाई नियुक्ति नगर्ने र भ्रष्टाचार कदापि नगर्ने प्रतिवद्धता पनि जनाउनुभयो।प्रदेश स्थापना गर्दा जसरी नै अहिलेको निर्वाचनमा पनि गठवन्धनलाई साथ र समर्थन गर्न पूर्व मन्त्रीसमेत रहनुभएका थानीले जोड दिनुभयो।सुर्खेत कर्णाली प्रदेशको राजधानी भएपनि अनुसारको विकास हुन नसकेको भन्दै उनले आफूहरुले मात्रै विकासको नेतृत्व गर्न सकिने उल्लेख गरे ।
यस्तै कार्यक्रममा निर्वाचन क्षेत्र नं. २ प्रदेश ख का उम्मेदवार विन्दमान विष्टले सुर्खेतलाई प्रदेश र देशको विकासको नेतृत्व गर्ने सुनौलो अवसर आइसकेको दाबी गरे । उनले प्रतिनिधि सभामा सुर्खेत क्षेत्र नं. १ बाट काँग्रेस उपसभापति एवं पूर्व गहृमन्त्री पूर्णबहादुर खड्का र क्षेत्र नं. २ मा पूर्व मन्त्री हृदयराम थानी केन्द्रमा पहुँच भएको नेतृत्व भएको र प्रदेशमा पनि अनुभवी नेतृत्व भएकोले सुर्खेतलाई सुनौलो अवसर आएको बताए । क्षेत्र नं. २ प्रदेश कका उम्मेदवार कालीप्रसाद शाक्यले विकास र समृद्धिका लागि वाम गठवन्धनको जीतको विकल्प नरहेको दावी गरे । उनले विगतमा एमालेले जित्दा सुर्खेत र प्रदेशको विकास हुन नसकेको आरोप लगाउँदै अब गठवन्धनले जितेमा समृद्धि पहिलो प्राथमिकता हुने उल्लेख गरे ।
क्षेत्र नं. १ प्रदेश क का उम्मेदवार खड्क पोख्रेल र प्रदेश ख का उम्मेदवार कृष्ण जिसीले गठवन्धन बलियो भएकोले आधा निर्वाचित जितिसकेको बताए । उनीहरुले आफूहरु राष्ट्रिय नेताहरुको नेतृत्वमा निर्वाचनमा होमिएकोले गठवन्धनबाट दाँयाबाँया नगर्न आग्रह गरे ।
कार्यक्रममा संघ र प्रदेशका समानुपातिक उम्मेदवारहरु लोकबहादुर विश्वकर्मा, हरिमाया शर्मा, जानकी सिंह, उपेन्द्र थापा, सन्जुसिंह विश्वकर्मा र देवीसरा सुनारले पनि गठवन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन आग्रह गरे ।
