२०८१, २० बैशाख बिहीबार

मुगुमा चट्याङ लागेर एक जनाको मृत्यु, एक अचेत

सुर्खेत :  मुगुमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एक जना अचेत भएका छन् । छायानाथ रारा नगरपालिका–११ का १९ वर्षीय अजबहादुर कुमाईको चट्याङ लागेर मृत्यु भएको छ, भने शेरबहादुर बुढा अचेत भएका छन् ।
बिहीबार बेलुकी करीब ५ बजेतिर परेको चट्याङ लागेर पाटनको बागजाउलामा भेडा चराइरहेको कुमाइको मृत्यु भएको छायाँनाथ रारा नगरपालिका–११ की वडा अध्यक्ष कुञ्जुमा कुमाइले जानकारी दिइन् ।
अचेत भएका बुढा एक घण्टापछि होसमा आएको र उनलाइ घर ल्याइएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।
प्रहरीका अनुसार अचेत भएका बुढालाई घरमा ल्याइएको र मृत्यु भएका कुमाईलाई जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।