२०८१, १४ बैशाख शुक्रबार

बडिमालिका यात्रा शुरु

सुर्खेत: कालिकोट र बाजुराको सिमामा पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकाकमा तीर्थयात्रा जानेहरुको क्रम शुरु भएको छ । बाजुराको बडीमालिका मन्दिरमा जनैपूर्णिमाको अघिल्लो दिन मुख्य पूजाआजा हुने गर्छ । यस बर्ष बडीमालिकामा श्रावण २६ गते मूलपूजा गर्न मेला लाग्ने भएको छ ।
जिल्लाभित्र र बाहिरका तीर्थयात्री तथा पर्यटकहरू, यहाँ स्थित सरकारी कार्यालय र स्थानीय पर्यटकसहित भक्तजन परम्परा अनुसार एक हप्ता अगाडी नै बाहिरबाट आउने गरेका छन । बडीमालीका मन्दिर समुद्रीसतह बाट ४ हजार २ सय १६ मिटर उचाईमा रहेका छ । त्यँहा पुग्न सात दिनको पैदल यात्रा गर्नु पर्दछ ।
१४ हजार फीट उचाईमा बडिमालिकाको यात्रालाई धार्मीक रुपमा महत्वपुर्ण मानिन्छ ।
बडीमालीका पुगेपछी यात्राका सबै कष्ट भुलिने बडिमालिका तिर्थयात्री धन बहादुर बुढाले बताए । औपचारिक पूजाआजाको परम्परा अनुसार छिमेकी जिल्लाहरू अछाम, डोटी, जुम्ला र कालिकोटबाट सरकारी पूजा टोलीसहितका तीर्थयात्री यसअघि नै बडीमालिका प्रस्थान गरिसकेको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए ।
बडिमालिका नगरपालिका र त्रिबेणी नगरपालिकाको सिमानामा पर्ने बडीमालिकाको विशिष्ट धार्मिक तथा पर्यटकीय महत्व छ । मागेको वरदान पूरा हुन्छ भन्ने विश्वासले बडीमालिकाको धार्मिक महिमा बढाएको भक्तजनहरुको भनाई रहेको छ । सकन्दपुराणमा उल्लेख भएअनुसार मल्लागिरी पर्वतमा सतीदेवीको बाँया अंग पतन भएको थियो ।
यसै स्थानमा मालिकादेवी उत्पन्न भएकाले बडीमालिका एक प्रमुख शक्तिपीठका रूपमा स्थापित भएको त्रिवेणी नगरपालीका नगर प्रमुख रामसिंह रावले बताए । उनले भने बडीमालीका मन्दिर क्षेत्रको प्राकृतिक सुन्दरताले बडीमालिकाको महत्व अझ बढाएको छ । त्यस क्षेत्रको अवलोकन गर्ने उद्देश्यले आन्तरिक तथा वाह्य पर्यटक यसैबेला बडीमालिका पुग्ने गर्छन् । २२ पाटन, त्रिवेणी र खेतीबेती बडीमालिकाका मुख्य आकर्षण हुन् ।