२०७९, २७ श्रावण शुक्रबार

कर्णालीका विद्यालयमा देखिन थाल्यो कोरोना संक्रमण

सुर्खेत : कर्णालीका विद्यालयमा कोरोना संक्रमण देखिन थालेको छ । कर्णालीका मुगु जिल्ला र रुकुमपश्चिमका विद्यालयका विद्यार्थीमा कोरोना संक्रमण देखिएको हो ।
मुगुको मुगुमकार्मारोङ गाउँपालिकाको पुलुमा रहेको नेपाल राष्ट्रिय आधारभूत आवासीय विद्यालय र रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–३, को युवा जनजागरण माध्यमिक विद्यालयका विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएकको हो ।
नेपाल राष्ट्रिय आधारभूत आवासीय विद्यालयमा अध्ययनरत २६ जना विद्यार्थी र युवा जनजागरण माध्यमिक विद्यालयका ७ जना विद्यार्थीमा कोरोना पुष्टि भएको छ ।
नेपाल राष्ट्रिय आधारभूत आवासीय विद्यालय एक सय ३२ जना विद्यार्थीहरुलाई एन्टिजेन परीक्षण गर्दा २६ जना विधार्थीलाई कोरोना पोजेटिभ देखा परेको प्रधानध्यापकले कुशल शाहीले बताए ।
जनजागरण माध्यमिक विद्यालयमा २० जना विद्यार्थीमा एन्टिजेनमार्फत गरिएको परीक्षणमा ७ जना विद्यार्थीमा कोरोना संक्रमण देखिएको प्रधानाध्यापक कृष्ण खड्का बताए ।