२०७९, २७ श्रावण शुक्रबार

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

सुर्खेत :सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मुत्यु भएको छ । रत्न रनजमार्ग अन्तर्गत बुदबुदीचौक नजिक बाटो काट्ने क्रममा लु ८५ प ५१६६ नम्बरको मोठरसाइकलले ठक्कर दिँदा वीरेन्द्रनगर–१०, घर भएकी ४३ वर्षीया बालकुमारी नेपाली घाईते भएकी थिइन । उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी सुरज कार्कीले बताए । ‘मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइ रहेको छ ।’ उनले भने ।