परनिर्भरताले देशमा गरिबी बढ्योः राप्रपा अध्यक्ष थापा
सुर्खेत : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले परनिर्भरताका कारणले देशमा गरिबी बढेको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा विहीबार राप्रपा नेपाल कर्णाली प्रदेशले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष थापाले आन्तरिक उत्पादनलाई बढाउनुको साटो विदेशी वस्तुको आयातलाई प्रोत्साहन दिँदा परनिर्भरताले देशमा गरिवी बढेको बताएका हुन् ।
देशका ४० लाख बढी युवा शक्तिलाई वैदेशीक रोजगारीको जोखिमपूर्ण काम लगाउन बाध्य पारिएर आएको विप्रेषणले देशको अर्थतन्त्र धानिएको बताए । ‘बढ्दो गरिबीका कारणले निमुखा र विपन्नलाई सम्पन्न बनाउने नाममा ईसाईकरण गरिँदा नेपाल धर्म परिवर्तन गर्ने देशहरुमा पहिलो नम्वरमा रहेको छ ।’ उनले भने,‘धर्म परिवर्तनका गराउनका लागि पनि देशमा अहिले आयात बढी गरेर परनिरर्भता बढाईएको छ ।’
लोकतन्त्रको आड्मा केही सीमित राजनीतिक दलका व्यक्तिहरुले रजगज गर्दा विगत १६ वर्षदेखि देश परिवर्तनको आसमा बसेका आम नागरिकका अपेक्षाहरु पुरा हुन नसकेका थापाले बताए ।
फरक विचार र राष्ट्रनिमार्णको वैकल्पिक मागचित्र बोकेको राप्रपा नेपालले देशको धरातलीय यथार्थ र आवश्यकतालाई दृष्टिगत गर्दै देशको समसामयिक परिस्थिति र मुख्य चुनौतिहरुका वारेमा समाजका विभिन्न वर्ग, क्षेत्र र समुदायसँग विचार आदानप्रदान गरेर राप्रपा पहिलो शक्ति हुने थापाको जिकिर रहेको छ ।
राप्रपा नेपालले कर्णालीका अगुवा कार्यक्रता भेलामा जिल्ला अध्यक्ष र केन्द्रीय नेताको सहभागिता रहेको छ ।
