२०८१, १२ श्रावण शनिबार

कर्णाली राजमार्गको स्तरउन्नती चाडो गर

कर्णाली अविकसित हुनु को दोस्रो कारण सडक सन्जाल नहुनु हो । अझैसम्म पनि कर्णाली देशको सडक संजाल मा जोडीएको छैन । कर्णालीका हुम्ला जिल्ला अर्कै राज्य को रुपमा स्थापित छन् । त्यसैले राज्यले न त भावनात्मक रुपमा कर्णालीलाइ जोड्न सकेको छ न त आर्थिक विकासको बाटो मा डो¥याउन सकेको छ । अन्य विकासका सूचकको पूर्णतातिर ध्यान दिई सम्पन्न बनाउने कुरा त धेरै पछिको हो कर्णालीको विकासको सम्भावना बोकेका ठुला योजनाका कर्णाली राजमार्गको काम समेत राम्रो देखिदैन । कर्णाली करिडोरको काम भैरहेको छ र अहिलेकै गतिमा काम संचालन हुने हो भने काम सम्पन्न गर्न अझै धेरै वर्ष लाग्ने देखिन्छ । अर्को तर्फ मृत्यु मार्ग को रुपमा परिचय पाएको कर्णाली राजमार्ग (जुम्ला—सुर्खेत) को अवस्था बडो कहाली लाग्दो देखिन्छ । लामो समयदेखी निर्माणाधिन पुलको अवस्था अझै उस्तै छ । यद्यपि सरकारले ति ठेकेदारलाई कारवाहीको दयारा मा ल्याउन सकेको छैन । यसैगरी कमसल निर्माण सामग्रीले कालो पत्रे गरिएको सडक जिर्ण बन्दै गएको छ । मुगु खण्डको सडक पनि स्तर उनन्तिको पहल भयको अझै देखिदैन । यी सडकको स्तर उन्नति गर्न सकेमात्र रारा ताललाइ केन्द्र संग जोडेर कर्णालीमा पर्यटन को विकासगरि आर्थिक रुपमा सबल र सक्षम बनाउन सकिने देखिन्छ । यस विषयमा न सरोकारवाला गम्भीर देखिन्छ न त सरकर नै । डिपिआर तयार पारेर मात्र हुँदैन काम चाडो सक्न आवश्यक रहेको छ ।