२०८१, २६ भाद्र बुधबार

वर्षाको विपद्का कर्णालीका ३२ हजार जनसंख्या विस्थापित हुन सक्ने

सुर्खेत :यो वर्षको विपतका कारणले कर्णालीका ३२ हजारभन्दा बढी जनसंख्या विस्थापित हुन सक्ने अनुमान गरिएको छ । राष्ट्रिय विगत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कर्णालीका ३२ हजार ४६२ जनसंख्या विस्थापित हुने अनुमान गरेको हो ।
विपदका कारणले सबैभन्दा बढी सुर्खेतमा विस्थापित हुने र सबैभन्दा कम जनसंख्या हुम्लावमा हुने अनुमान राष्ट्रिय विगत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको छ । सुर्खेतमा २५ हजार ३७ जनसंख्या र हुम्लामा २४२ जनसंख्या विस्थापित हुनेछन् ।
सल्यानमा ७ हजार १२८ जनसंख्या, रुकुमपश्चिममा ६ हजार ४०९ जनसंख्या, दैलेखमा ६ हजार ३०४ जनसंख्या, जाजरकोटमा ४ हजार ७३१ जनसंख्या, जुम्ला, २ हजार ७४९ जनसंख्या, कालिकोटमा १ हजार ३५, डोल्पामा ९२३ जनसंख्या र मुगुमा ३९८ जनसंख्या विस्थापित हुने अनुमान राष्ट्रिय विगत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको छ ।