२०८१, १३ बैशाख बिहीबार

कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारणलाइनको बाटो खुल्यो

सुर्खेत : कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रशारण लाइन निर्माणको बाटो खुलेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकलेले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनका लागि राष्ट्रिय निकुञ्ज क्षेत्रमा रुख कटानको अनुमति दिएका कारणले बनाउनका लागि बाटो खुलेको हो ।
वन तथा वातावरण मन्त्रालयले पेश गरेको प्रस्तावलाई मन्त्रीपरिषद्ले पारित गरेको हो । लामो समयदेखि अनियमित हुँदै आएको कर्णालीको विद्युत् सेवा हाइटेन्सन लाइन जडान भएमा नियमित हुने भएको छ ।
रुख कटानको प्रक्रिया अघि नबढ्दा कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनका अगाडी बढ्न सकेको थिएन् । मन्त्रीपरिषद् रुख कटानको अनुमति पाएका कारणले काम अगाडी बढ्ने छ । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको आयोजना निर्माणका लागि बाँके, बर्दिया र सुर्खेतको वन क्षेत्रका रुख कटान नहुँदा टावर निर्माण अगाडी बढेको थिएन् ।
प्रसारण लाइन जडान निर्माणका लागि कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन आयोजना र भारतीय ठेकेदार कम्पनी आरएस इन्फ्राप्रोजेक्टबीच २०७७ सालमा सम्झौता भएको थियो । सम्झौता अनुसार २०७९ भदौसम्म निर्माण पुरा गर्नुपर्नेछ ।
यसरी आएको थियो ३३ केभी प्रसारण लाइन
बिसं.२०४५ सालमा राजा वीरेन्द्र सुर्खेत भ्रमणमा आएका थिए । राजा वीरेन्द्र सुर्खेतमा आउने भएपछि हतार हतारमा ३३ केभी प्रसारण लाइन जडान गरिएको थियो । हतार हतारमा जडान गरिएको ३३ केभी प्रसारण लाइनले सुर्खेतको विद्युतको मागलाई धान्न सकेको थिएन् ।
सुर्खेतको विद्युतको मागलाई धान्न नसक्दा विद्युत अनियमित रुपमा आउने जाने गर्दथ्र्यो । त्यही ३३ केभी प्रसारण लाइनबाट सुर्खेत हुँदै दैलेख, कालिकोट र जुम्लासम्म लाइन जोडिएको छ ।
‘२०४५ सालमा वीरेन्द्र राजाको सुर्खेत भ्रमण हुँदा लाइन जडान गरिएको थियो ।’ वीरेन्द्रनगरका स्थानीय रामबहादुर सारुले भने,‘वीरेन्द्र सुर्खेत आउँदा विजुली आयो । वीरेन्द्रनगरको व्यवस्थित सहरी खाका कोरे भनेर यसको नाम वीरेन्द्रनगर नै राखियो । तर, विद्युत लाइन अपग्रेड हुन सकेन् ।’
कति हजार रुख काटिन्छन्
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको आयोजनाका लागि ९५ प्रतिशत वन क्षेत्र रहेको छ । आयोजना निर्माणका लागि बाँके, बर्दिया र सुर्खेतको वन क्षेत्रका १३ हजार ११९ रुख कटान गर्न आयोजनाले प्रस्ताव गरेको छ ।

रुख कटानसम्बन्धी प्रस्ताव स्वीकृतिमा भएकोले निर्माणको काम ढिलाइको अब कामले गति लिने आयोजना प्रमुख रविकुमार चौधरीले बताए । ‘मन्त्रीपरिषद् रुख कटानसम्बन्धी प्रस्ताव पास भएको छ ।’ उनले भने,‘अब आयोजनाको काम चाडै सुरु हुन्छ ।’
कति बन्ने हाइटेन्सन टावर
कोहलपुरदेखि सुर्खेतसम्म झन्डै ८६ किलोमिटरको दुरीमा रहेको छ । यो दुरीमा १४५ वटा पोल र २६ वटा एंगल टावर प्रस्ताव गरिएको नेपाल विद्युत प्राधिकरण कर्णाली प्रादेशिक कार्यालयका सहायक निर्देशक रवीन्द्रदेव भट्टले जानकारी दिए ।