२०८१, २९ आश्विन मंगलवार

१३२ केभी विद्युत प्रसारण लाईनका लागि उद्योग बाणिज्य संघ आन्दोलन गर्न तयार

सुर्खेत :  सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले सुर्खेतमा १३२ केभी विद्युत प्रसारण लाईन ल्याउनका लागि संघीय राजधानी मै गएर आन्दोलन गर्ने बताएका छन् । अध्यक्ष कँडेलले नेपाल सरकारका वन तथा वातावरण मन्त्री रामसहाय यादवसँग टेलिफोनमा कुरा गर्दै यस्तो बताएका हुन् ।
विकास गर्दा केही विनास पनि हुने भएकोले सुर्खेतमा ल्याइने १३२ केभी विद्युत प्रसारण लाईनमा काटिने विरुवाहरुको सट्टा आफूहरुले वृक्षारोपण पनि गर्ने बताए ।
मन्त्री यादवले पहिला आफूलाई विरुवा रोपेर देखाउन भन्दै रोपेको विरुवा कहिले हेर्न आउने भन्दै प्रश्न गरेका थिए । जफावमा अध्यक्ष कँडेलले आफूलेहरुले रोपेको विरुवा देखाउने प्रतिवद्धता व्यक्त गर्दै नितीगतरुपमा मन्त्रालयमा रोकिएको फाइललाई अगाडी बढाइदिन अनुरोध गरे ।
टेलिफोन सम्वादमा मन्त्री यादवले काटिने विरुवाको १० गुणा बढी बृक्षारोपण गर्नुपर्ने बताए ।