२०८१, ३० कार्तिक शुक्रबार

जस्टिन बिबरको अनुहारमा प्यारालाइसिस, भिडियोमार्फत दिए सन्देश

प्रख्यात गायक जस्टिन बिबरको अनुहारमा प्यारालाइसिस भएको छ। जस्टिनलाई रामसे हन्ट सिन्ड्रोम नामको एक दुर्लभ रोगले ग्रसित बनेका हुन्। उनको अनुहारको आधा भागमा प्यारालाइसिस भएको हो।उनले सामाजिक सञ्जाल इन्स्टाग्रामा एक भिडियो सार्वजनिक गर्दै यो कुराको पुष्टि गरेका हुन्। उनी हाल घरमा आराम गरिरहेको र आफ्ना सबै कन्सर्टहरूं रद्ध भएको बताएका छन्।उनले एक भिडियो सार्वजनिक गर्दै भने, ‘ एक दुर्लभ रोगले मलाई ग्रसित बनाएको छ। जसले मेरो अनुहारमा आक्रमण गरेको छ। अहिले मेरो अनुहारको आधा भाग प्यारालाइसिस भएको छ।’  उनले आफ्नो अनुहार देखाउदै अगाडि थपे, ‘अहिले मेरो शरिररले काम गरिरहेको छैन। जसले गर्दा मैले सबै कन्सर्टहरू रद्ध गर्नुपरेको छ।’ उनको अनुहारमा आधा कामले पूर्ण काम गरेको छैन। उनले एक आँखा झिम्काउन नसकेको भिडियोमा देख्न सकिन्छ। उनले आफूले बेफिक्रि हाँस्न पनि नसकेको बताएका छन्।