२०७९, २० असार सोमबार

सुर्खेत जिससमा एमाले–माओवादी गठबन्धन विजयी

सुर्खेत :- जिल्ला समन्वय समिति सुर्खेतमा नेकपा एमाले र माओवादीको गठबन्धन विजयी भएका छन् । जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका गंगाराम सुनार र माओवादी केन्द्रका उपप्रमुखमा सचिनकुमार बडुवाल विजयी भएका हुन् ।
आज (शुक्रबार) भएको निर्वाचनमा १० मतसहित एमाले र माओवादी गठबन्धन प्यानल विजयी भएको छ ।


गठबन्धनका उम्मेदवारले १० मत पाउँदा कांग्रेसका उम्मेदवारले ८ मत पाएको मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्यका बताए ।
महिला सदस्यमा चन्द्रा धामी (एमाले), शान्ति ताराम (माओवादी केन्द्र) र मीना मल्ल (एमाले) तथा अन्य सदस्यमा तुलबहादुर नेपाली (माओवादी केन्द्र), डिल्ली पाण्डे (एमाले) र पृथ्वीबहादुर बुढा (एमाले) तथा अल्पसंख्यकमा सावित्रा टमटा(एमाले) विजयी भएका छन् ।
कांग्रेसले पाँच पदमा मात्रै उम्मेदवारी दिएको थियो । उसले प्रमुखमा दिलीपकुमार वाग्ले र महिला सदस्यहरुमा गौरी दमाई र रत्ना कँडेल, अन्यमा लीलाजंग शाह र अल्पसंख्यकमा उजिरसिंह कामीको उम्मेदवारी दर्ता गरेको थियो ।
२०७४ सालको निर्वाचनमा जिल्ला समन्वय समिति सुर्खेतमा कांग्रेसले एकलौटी नेतृत्व गरेको थियो । यसपटक एमालेले नेतृत्व पाएको छ । एमालेले प्रमुख र ५ सदस्य पाउँदा माओवादीले उपप्रमुख र २ सदस्य पाएको छ ।