जाजरकोटको जुनीचाँदेमा जीप दुर्घटनाका
सुर्खेत : जाजरकोटकोे जुनीचाँदे गाउँपालिका ५ गर्खाकोटमा जीप दुर्घटना हुदाँ २ जनाको घटनास्थलमै र उपचारको क्रममा थप एक जनाको मृत्यु भएको छ।
सुर्खेत बाट जुनीचाँदे गाउँपालिका केन्द्र तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०३४१ नम्वरको वोलेरो जीप वडा नं ५ को गर्खाकोट वेलपुइना भन्ने स्थानमा दुर्घटनामा परेको हो । दुर्घटना हुदाँ २ जनाको घटनास्थलमै मृत्यु भएको र स्वास्थ्य चौकी गर्खाकोटमा उपचार गर्दागर्दै थप एक जनाको मृत्यु भएको जुनीचाँदे गाउँपालिका ५ का वडाध्यक्ष जयबहादुर बस्नेतले जानकारी दिनुभयको छ । मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका ६ की कालिका शाही, जुनीचाँदे गाउँपालिका–५ शिवपुरी निवासी ४० बर्षिय पुतला गिरी, वडा नं.६ निवासी १९ बर्षिय दर्शन शाहीको रहनुभयको वडाध्यक्ष बस्नेतले जानकारी दिनुभयको छ।

घाइते हुनेमा ५ जनाको अवस्था गम्भीर रहेको छ भने ४ जनाको अवस्था समान्य रहेको छ l गम्भीर घाइतेहुनेमा जुनीचाँदे गाउँपालिका ६ का लालबहादुर बुढा, विनिता शाही, समिक्षा, सिंह, सरिता शाही र दैलेख गुराँस गाउँपालिका वडा ७ का टोपबहादुर थापालाई हेलिकप्टर मार्फत उद्धार गरिएको र उक्त जीपका सवार जुनीचाँदे गाउँपालिका–६ छिर्कका २० बर्षिय लाल बहादुर वुढा, ३९ बर्षिय बिष्णु बहादुर शाही, १४ बर्षिय सरिता शाही, ८ बर्षिय नमुना सिंह र वडा नं. ५ का ३० बर्षिय नर बहादुर शाहीको अबस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।
