२०८१, १५ बैशाख शनिबार

कर्णाली प्रदेशमा ६ ‘ब’ले ल्याउला समृद्धी

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर कर्णाली विकासका लागि ६ ‘ब’ को नारा ल्याउँदा आएको छन् । आगामी आर्थिक वर्षको कार्ययोजनामा पनि ६ ‘ब’ को नीति कार्यक्रम समेटिएको छ । तर, त्यो अनुसारको नीति कार्यक्रम आएको छैन् । बजेटमा आउँला भन्ने आशा गरौ । उनी अहिलेको युगमा कर्णाली पछाडि पर्नुका कारण ६ वटा ब हुन् । बाटो, बिजुली, विचार, वन, बजार र व्यवस्थापन नहुँदा कर्णालीको विकासको समस्या हो ।
मुख्यमन्त्री शाहीको परिभाषामा पहिलो ब भनेको बाटो हो । दोस्रो ब बनेको बिजुली हो । तेस्रो ब भनेको विचार हो । चौथो व भनेको वन हो । पाँचौं ब भनेको बजार हो । छैटौं ब भनेको व्यवस्थापन हो ।
तर, त्यो अनुसारको नीति तथा कार्यक्रममा आउन सकेको छैन् । केवल पुरानै ढर्राका कार्यक्रममा आएका छन् । कनिका छरेजस्तै अनुदान दिँदा उपलब्धि हासिल हुन सकेन । सडकमा पनि उल्लेख्य प्रगति भएन । जनताले जुन अपेक्षा गरेको सरकारको काम थियो, त्यो नसकेको अवस्था सरकारको भूमिका निर्वाह गर्न थप पहलकदमी चाल्नुपर्छ । पाँच वर्षको अन्तिम कार्यकालमा आएको नीति तथा कार्यक्रमले ६ ‘ब’ महत्वकांक्षी निर्णयलाई कसरी लिन्छ । त्यो हेर्नका लागि बजेट नै कुर्नुपर्ने अवस्था छ ।