२०८०, १२ चैत्र सोमबार

उपचार लैजाने व्यक्तिबाट महिलामाथि बलात्कारः आरोपित एक वर्षपछि समातिए

सुर्खेत: जुम्लाकी एक महिलालाई जुम्लाबाट नेपालगञ्ज हुँदै काठमाडौं लैजाने व्यक्तिबाट एक महिला बलात्कार भएकी छन् । अघिल्लो वर्ष जुम्ला घर भएकी एक महिलालाई उपचारका लागि नेपालगञ्ज हुँदै काठमाडौं पु¥याएर बलात्कार गरेको आरोपमा जुम्लाको सिंजा गाउँपालिका–२ बिष्टबाडाका ५५ वर्षीय अग्नीप्रसाद धमला शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
पीडित महिलाले अघिल्लो वर्ष साउन महिनामा प्रहरी बृत्त बालाजु काठमाडौंको बालाजु बृतमा किटानी जाहेरी दिइएकी थिएन् ।
प्रतिवादी फरार रहेकै अवस्थामा प्रहरी वृत्त बालाजुले मिसिल अदालतमा पेश गरेको प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले बताए । ‘अदालतले दिएको म्याद तामेल पूर्जी अभियुक्तको घर–ठेगानामा जाँदा फेला पारेर पक्राउ गरिएको हो ।’ उनले भने,‘आरोपी जुम्ला घरबाट पक्राउ गरेर काठमाडौं पठाइएको छ ।’