२०८१, १ कार्तिक बिहीबार

अबको एक हप्ताभित्र मनसुन नेपालमा भित्रने मौसमविद्काे पूर्वानुमान

अबको एक हप्ताभित्र मनसुन नेपालमा भित्रने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।

भारतको केरलामा मनसुन भित्रिसकेकाले नेपालमा पनि अबको केही दिनभित्रै प्रवेश गर्ने अनुमान मौसमविद्ले गरेका हुन् ।

मौसमविद् हिरा भट्टराईले यसवर्षको मनसुनमा औषतभन्दा धेरै पानी पर्ने भएकाले पूर्व तयारी गर्नुपर्नेमा जोड दिनुभयो ।

सामान्यतया नेपालमा जुन १३ तारिखमा मनसुन भित्रनुपर्ने भएपनि केही वर्षयता ढिलो प्रवेश गरि ढिलै बाहिरिने गरेको थियो ।

तर, यसपाली भने छिट्टै प्रवेश गर्ने देखिएको हो ।

यसैबीच आज पनि देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने भएकाले हिँडडुल गर्दा ख्याल गर्न मौसमविद् भट्टराईले आग्रह गर्नुभएको छ ।