२०८१, ८ कार्तिक बिहीबार

अभिभावक जिम्मेवार पुरा गर l

शीर्ष नेताहरुले अभिभावकत्व जिम्मा दिएका बालबालिका अहिले अलपत्र परेका छन् । आफ्ना सन्तानसँग अत्यन्त महत्वपूर्ण समय बिताएका नेताहरुले अहिले अलपत्र पारेका छन् । हाम्रा नानीहरू धेरै समय विद्यालयमा नै बिताउने भएकाले यसको सम्पूर्ण जिम्मेवारी शिक्षकले नै लिनुपर्छ ।

बेलाबेलामा स्कुल गएर फिस तिरिदिएकै छ । अभिभावकको प्रायः यही उत्तर हुन सक्छ । तर त्यतिले मात्र उनीहरुको अभिभाकत्व पुरा गर्न सक्दैन् । वर्तमान अवस्थामा बालबालिकाका विषयमा एकअर्कालाई दोषारोपण गर्नु नियति नै बनिसकेको छ । यसको निकै नराम्रो प्रभाव कलिला विद्यार्थीहरुमाथि पनि प्रत्यक्ष–अप्रत्यक्ष रूपमा परिरहेको कुरामा ध्यान भने कमै मात्र गएको हुन्छ । तुलानात्मक रूपमा अलि जिम्मेवारपूर्ण तथा प्रभावकारी हुने गर्दछ । वास्तवमा अभिभावकले आफ्ना सन्तानका लागि कहि न केही अवश्य गर्नु पर्छ । अहिले शीर्ष नेताहरुले अभिभावकत्व लिएका विद्यार्थी जिस्काउने माध्यम पनि बनेका छन् ।
बाबुआमाको समय सन्तानलाई किन आवश्यक हुन्छ रु धेरै समय दिएका बालबालिकाको स्वभाव कस्तो हुन्छ रु र थोरै समय दिएका बालबालिकाको स्वभाव कस्तो हुन्छ ? हामी हाम्रा छोराछोरीहरूलाई कस्तो रूपमा देख्न चाहन्छौ“ । त्यसको निर्धारण अभिभावकले दिने समय र व्यवहारमा भर पर्ने हुन्छ । यसरी बालबालिकाको सोच र व्यवहार सकारात्मक बनाउन अभिभावकले खेल्ने असल जिम्मेवारीलाई नै अभिभावन भनिन्छ । सामान्यतया अत्यन्त कडा अनुशासनमा राख्ने, ज्यादै पुलपुल्याउने अनि माया र अनुशासन दुवै प्रदान गर्ने अभिभावकको व्यवहारिक उपाय हो । तर, उनीहरुले त्यो पाउन सकेका छैनन् । शीर्ष नेताहरुले जिम्मा लिएका विद्यार्थीहरुलाई आवश्यक पर्ने सामग्री पु¥याएर काम गर्न आवश्यक रहेको छ ।