टेकुस्थित कनक पेट्रोलपम्पमा विष्फाेट हुँदा दुई जना घाइते
सुर्खेत : टेकुस्थित कनक पेट्रोलपम्पमा विष्फाेट हुँदा दुई जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको कालीमाटी प्रहरी वृतका डिएसपी अनिलकुमार घिमिरेले जानकारी दिए।
घाइते हुनेमा पर्साको जगरनाथपुर गाउँ
पालिका–३ घर भइ हाल कालीमाटी बस्दै आएका ३० वर्षीय किशोरी साह र १८ वर्षीय दीपककुमार साह रहेका छन्। डिएसपी घिमिरेकाका अनुसार पेट्रोलपम्पमा वेल्डिङको काम गर्ने क्रममा जमिनमुनि रहेको ट्याङ्कीको मुखमा जमेको ग्यास लिक हुँदा विष्फाेट भएको हो।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
उक्त पेट्रोलपम्पमा केही दिनअघि समस्या देखिएपछि मर्मतको काम भइरहेको थियो।
