२०८१, ८ बैशाख शनिबार

रूसबाट हुने इन्धन आयातमा

युरोपेली सङ्घले रूसबाट हुने इन्धन आयातमा प्रतिबन्ध लगाएको छ । रूसले युक्रेनमाथि आक्रमण गरेको एक सय दिन पूरा हुँदा पनि आक्रमण नरोकिएकाले इन्धन आयातमा औपचारिक रुपमा प्रतिबन्ध गरिएको सङ्घले जनाएको हो । रूसबाट इन्धन आयातमा प्रतिबन्ध लगाउनु पर्ने विषयमा यसअघि लामो छलफल र बहस भएको थियो । दुई देशबीचको युद्धले विश्व राजनीति र अर्थतन्त्रमा नकारात्मक असर परेको छ । रुस र युक्रेनलाई अन्तर्राष्ट्रिय निकायले वार्तामार्फत तत्काल विवाद अन्त्य गर्न आग्रह गर्दै आएका छन् । एक(अर्कालाई निषेध गरेर समस्याको समाधान नहुने भन्दै अन्तर्राष्ट्रिय निकायले वार्ता र संवादमा जुट्न आग्रह गरेका हुन् । यता, अफ्रिकी संघका प्रमुख म्याकी सालले रुस युक्रेन युद्धका कारण निदोर्ष अफ्रिकी नागरिक पीडित भएको बताएका छन् । युद्धका कारण अफ्रिकी मुलुकमा खाद्यान्न अभाव हुँदै गएको र लाखौ नागरिक प्रभावित भएको उनको भनाई छ ।

निदोर्ष नागरिकको जीवन रक्षाका लागि रुस र युक्रेनले गम्भीर समीक्षा गर्नुपर्ने उनको तर्क छ ।