२०८३, २० असार शनिबार

साझा सहकारीको ११ औं वार्षिक साधारण सभा

सुर्खेत । साझा बचत तथा ऋण सहकारी संस्था लि.को ११औं वार्षिक साधारण सम्पन्न भएको छ । शनिबार कार्यालय परिसरमा एक समारोहका बिच सम्पन्न भएको हो । संस्थाका अध्यक्ष मदनबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक हरिहर नाथको सहभागिता रहेको थियो ।

कार्यक्रममा संस्थाका सचिव ओम जंग रोकायले आ.व २०७७÷०७८ को प्रगति तथा आ.व २०७८÷०७९ का लागि निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसै गरि संस्थाको आ.व २०७७÷०७८ मा १० करोड ५६ लाख ७० हजार को कुल पुजि तथा दायित्व सहित संस्थाले आ.व मा गरेको आर्थिक गतिविधि सहित आ.व २०७८÷०७९ सम्ममा ११ करोड ४४ लाख ६० हजार प्रस्ताव सहित विभिन्न शिर्षक मा बजेट विनियोजन गरिएको छ । कोभिड–१९ को सुरक्षा सतर्कता सहित संस्थाको सभाहलमा कार्यक्रम संचालन गरिएको थियो ।

सभामा आ.व २०७७÷०७८ मा उत्कृष्ट कारोबार गर्ने २ जाना बचत कर्ता तथा २ जना ऋणी सदस्य यस आ.व २०७७÷०७८ मा उत्कृष्ट कर्मचारी सस्थाको व्यवस्थापकलाई नगद सहित सम्मान गरीएको छ ।