२०८१, १९ चैत्र बुधबार

खुसी छोडेर गएकी मेरी आशिका -‘यर्थाथ जीन्दगीको कथा’

समय आफ्नै गतिमा चलिरहेको छ मेरो रफ्तार मेरो जिन्दगीको तेहि समय को पछी पछि बेसुर अनि बेताल मा एककोहोरो चलिरहेको जस्तो लागिरहेछ । म बेहोसमा छु या त होसमा के मा छु मलाई थाहा छैन यहाँ के मतलब बेहोस अनि होसको यो स्वार्थी जिन्दगी ।

मन भित्र गुम्सीयका तिता अनि सत्य यथार्थहरु चलचित्र को पर्दा माझै एक पछी अर्को गर्दै मेरो मन को पर्दामा एका एक आउछन् । म थाम्न सक्दैन यो अत भुत शक्ती मेरो मनले नकार्न पनि सक्दैन । त्यसैले लेख्दै छु म मेरो एउटा जिबनको कथा…. एकान्तमा तिम्रो याद आउँछ धेरै अनि सृजना हुन्छन् यस्ता कयौँ कथाहरु र बसीदिन्छन् दिलभित्र मिठो याद बनेर ।

 बरबरी आँशु झ¥यो तिम्रो सम्झनामा,

यो मनले के के ग¥यो तिम्रो सम्झनामा ।
मान्दै मान्दैन कदापि यो मन तिमीबिना,
म एक्लै बाँच्नुप¥यो तिम्रो सम्झनामा । ।

untitledजिन्दगीसँग मैले कहिल्यै केही गुनासो गर्दिन र मसँग गुनासो गर्नलाई पनि केही छैन । यतिका वर्षसम्म जिन्दगीले मेरो बिरुद्ध कुनै उजुर गरेन मैले किन धिक्कार छ मेरो जिन्दगी भनुँ र गलत अर्थ लगाउँदै हिँडु म । जिन्दगीको परिभाषा लेख्नका लागि मैले तिखारेका सीसाकलमहरु अहिले बोधा भएका छन् । जिन्दगीमा उज्यालोको प्रतिक्षा गर्दागर्दै अँध्यारोले नै आफुलाई ढाकिसकेको हुन्छ ।

मैले धेरैबाट खोजेको हुँ परिभाषा जिन्दगीको । धेरैलाई मैले पनि सुनाएँ परिभाषा जिन्दगीको । ‘सलाम गर्छु यो मेरो जिन्दगीलाई मैले बिना उजुर, मसँग मिलेर, मैले जे गरे पनि सहेर, यतिका समयसम्म बाँचेकोमा ।’ मलाई त लाग्छ मेरो जीन्दगी ठिक बालुवाको घर जस्तो छ भनुँ या त बिना गन्तव्य उडिरहेको सिमलि भुवाजस्तो अँझ भनुँ उसको त गन्तव्य पनि टाढाको हुँदैन ।

जब तिमीले मलाई छोडेर गयौ नि हो त्यतिबेला देखि नै मलाई लागेको छ कि मेरो जिन्दगीको लामो धागो पहिले नै चुँडिसक्यो जुन धागो अब चुँडिदैन । जसलाई चाहेर पनि अब म समेट्रन सक्दिन ।  तिमीसँग जिन्दगीको यात्रा गर्दा तिमी आधाबाटोमै छुटियौ अनि म लरखराएँ । अनि म यो जिन्दगीको यात्रामा हारेको छु अब फेरि कैले पनि जीत्न नसक्ने गरी । भन्न त भन्छन हिम्मत नहार्नु भनेर तर म जति अघि बढ्न खोज्छु त्यति नै चिप्लिएर लडिहाल्छु जहाँ मलाई साथ दिने र आड दिने कोही हुँदैन अनि मलाई लाग्छ अब मेरो सारा जिन्दगी काँडै काँडाको यात्रा हुनेछ जुन काँडाहरुले पलाई पलपलमा घोचिरहनेछन् चिथोरिरहनेछन् अनि मलाई सताईरहनेछन् ।

ती काँडाहरुले मलाई अघि बढ्न दिनेछैनन् । तिमीसँगै हुँदा जुन सपनीहरूको साथ म अघि वढेको थिए ती सपनाहरु सारा चक्नाचुर भए, त्यसैले त अवको यो यात्रामा जब आफूलाई एउटा वोझको रुपमा देख्छु अनि आफैसँग प्रश्न गर्न थाल्छु जुन सपनीहरू पुरा भएन जुन कल्पनाको संसारमा तिमी रमायौ आखिर जिन्दगीका यथार्थहरू सुन्यतामा रहेछ ।

जिन्दगी आज एउटा यस्तो दोभानमा आइपुगेको छ जहाँ केवल अन्धकार मात्र पाउँछु । म यसरी बाँचिरहेको छु तिमीबिनाको जिन्दगी । आकाशमा उड्ने त्यो चरी हेर्छु अनि उसको त्यो स्वतन्त्र र तनाव बिनाको जिन्दगी देख्दा लाग्छ म पनि उसको जुनि लिन पाए सायद खुसी हुन्थे । म सोचिरहन्छुुु कि संसारमा कुन सजिव चिज होला जो कुनै चिन्ता बाँचेको होस् । संसारमा यति धेरै माया गर्ने मानिसहरु हुँदा पनि मात्र एकजनाको मायाको अभावमा बाँच्न किन यति गाह्रो हुन्छ । लाखौँ करोडौँमा कोही यति खास कसरी हुन सक्छ जसरी तिमी भएकी छौ मेरा लागि ।

मैले यो दुनियाँलाई चारैतिरबाट नियाँले तर तिमीबिनाको खुसी मैले यहाँ कहिँ कतै पाउन सकेन । मलाई थाहा छ मैले कोही कसैबाट जबरजस्ती माया त पाउन सक्दिन अनि तिमीलाई भुल्न पनि सक्दिन जसले मलाई माया नै मायाले सजाएकी थियौ । तिमीबिनाको खालीपनलाई मैले अरु कसैको मायाले पनि भर्न सक्दिन । म जहाँ जाँदा पनि चपक्क हातको पाखुरीमा समातेर मलाई आफुतिर तानेर भन्ने गथ्र्यौ तिमीले, ओ महाशय मलाई केही नदिएर जाने विचार छ कि ख्याल छैन मेरो । अनि यति धेरै दिनको लागि बाहिर जान लाग्नुभाछ मलाई छोडेर केही वास्तै छैन है कसरी बस्ली एक्लै म बिना भनेर ।

अनि मैले तिमीलाई कसिलो अंगालोमा बेरेर भन्थे म तिमीलाई पनि लिएर जान्छु है बेस्सरी अंगालोमा कस्छु अनि तिमी मेरो मनभित्र पस मसँगै हिँड हुँदैन । अनि तिमी आँखामा आँशु टिलपिल गराएर अलिअलि हाँस्थ्यौ ।  तिमी त्यतिबेला म फर्केर आउँछु भनेर हाँस्थ्यौ । अब त म कसरी हाँसु मेरी प्राण तिमी म बाट धेरै टाढा पुगेपछि यति टाढा कि मलाई थाहा छ अब तिमी फर्केर आउँदिनौँ ।

अनि मैले तिमीलाई कसिलो अंगालोमा बेरेर भन्थे म तिमीलाई पनि लिएर जान्छु है बेस्सरी अंगालोमा कस्छु अनि तिमी मेरो मनभित्र पस मसँगै हिँड हुँदैन । अनि तिमी आँखामा आँशु टिलपिल गराएर अलिअलि हाँस्थ्यौ ।  तिमी त्यतिबेला म फर्केर आउँछु भनेर हाँस्थ्यौ । अब त म कसरी हाँसु मेरी प्राण तिमी म बाट धेरै टाढा पुगेपछि यति टाढा कि मलाई थाहा छ अब तिमी फर्केर आउँदिनौँ ।

सुरु त्यहाँबाट हुन्छ जहाँ कुनै सुरुवातको सम्भावना थिएन, मनमा उब्जिरहने एकाग्रतालाई भङ्ग गर्न खोज्दा पनि नसकिदो रहेछ । जिन्दगीका हिडाईहरूमा गरिएका अनेकन गल्तीहरू थेग्रिएर मनको कुनै कुनामा गाठो परेर सदाका लागि बसेपछि पश्चातापले एकाग्रता निम्ताउदो रहेछ । जीवनका बाँकी समयहरू बिगत बिर्सेर सजिलै बिताउभन्दा पनि दोहोरीएर मनमा बसेको त्यही गाठोलाई निरन्तर घोचिरहँदा रहेछन ।

समय आफ्नै गतिमा चलिरहेको छ मेरो रफ्तार मेरो जिन्दगीको तेहि समय को पछी पछि बेसुर अनि बेताल मा एककोहोरो चलिरहेको जस्तो लागिरहेछ । म बेहोसमा छु या त होसमा के मा छु मलाई थाहा छैन यहाँ के मतलब बेहोस अनि होसको यो स्वार्थी जिन्दगी । मन भित्र गुम्सीयका तिता अनि सत्य यथार्थहरु चलचित्र को पर्दा माझै एक पछी अर्को गर्दै मेरो मन को पर्दामा एका एक आउछन् । म थाम्न सक्दैन यो अत भुत शक्ती मेरो मनले नकार्न पनि सक्दैन । त्यसैले लेख्दै छु म मेरो एउटा जिबनको कथा…. एकान्तमा तिम्रो याद आउँछ धेरै अनि सृजना हुन्छन् यस्ता कयौँ कथाहरु र बसीदिन्छन् दिलभित्र मिठो याद बनेर ।

तिमीबिना मेरो यो संसार शुन्य छ सानु । मेरो मुटुको धड्कन तिमी टाढा बन्दा म कसरी बाँचेको छु त्यो मलाई मात्र थाहा छ । तिमीसँग हुँदा मेरो अलिकति पिडामा पनि आँशु बगाउने तिमी हिजोआज त सपनिमा आएर जिस्काउँछ्यौ विपनीमा तिम्रा यादहरु मात्रै मसँग हुन्छन् । कहाँ गयौ मेरी सानु किन मबाट धेरै टाढा गयौ तिमी । मलाई कुन गल्तीको सजायँ दियौ यति ठुलो तिम्रो यादमा छट्पटिनुपर्ने । सपनिमा आएर नरोउ भन्छेउ विपनीमा हराउँछ्यौ । तिम्रो न्यानो स्पर्शबाट किन मलाई यति टाढा बनाउ मेरी सानु किन यति टाढा बनायौ ? किन मलाई एक्लोपन राम्रो लाग्छ अचेल, किन तिम्रा यादहरुलाई साथी बनाएर बाँच्नुपर्ने बनायौ सानु मलाई ??

दाङको पुरनधाराबाट शुरु भएको हाम्रो साथ अनि प्रेमकथा आज पनि सकिएको छैन । तिमी हुँदा पनि यो कथा थियो अहिले तिमी नहुँदा पनि यो कथा छँदैछ । कहाँबाट यो कथा शुरु गरुँ र कहाँ लगेर अन्त्य गरुँ मलाई थाहा छैन र कुन कहानी सुनाउँ म सबैलाई र कसरी शुरुवात गरुँ । मेरी सानु र म सानैबाट सधैँ सँगै दिनहरु बिताउँथ्यौँ ।

सजाएका सपनाका महलहरु भत्किए सानु त्यसैले यति धेरै दुःखी छु म हिजोआजका दिनहरुमा । सँगै जिउने वाचाकसम जब भंग हुन्छ अनि जिन्दगी पनि जिउनुको सार्थक लाग्दोरहेनछ । दाङको पुरनधाराबाट शुरु भएको हाम्रो साथ अनि प्रेमकथा आज पनि सकिएको छैन । तिमी हुँदा पनि यो कथा थियो अहिले तिमी नहुँदा पनि यो कथा छँदैछ । कहाँबाट यो कथा शुरु गरुँ र कहाँ लगेर अन्त्य गरुँ मलाई थाहा छैन र कुन कहानी सुनाउँ म सबैलाई र कसरी शुरुवात गरुँ । मेरी सानु र म सानैबाट सधैँ सँगै दिनहरु बिताउँथ्यौँ ।

हाम्रो एउटै गाउँ भएकाले प्राय हामी दुईजना सँगै हुन्थ्यौँ । हाम्रो बाल्यकाल सँगै बित्यो । कहिले उनको घरको आँगनमा कहिले मेरो घरको आँगनमा त कहिले स्कुलको चउरमा खेलेर मेरी सानु र मेरो बाल्यकाल बितेको थियो । हामी गाउँकै स्कुलमा पढ्न जान्थ्यौँ । स्कुल जाँदा मैले सधैँ सानुको झोला बोकिदिन्थे । स्कुल जाँदाजाँदै कतिपटक बाटैमा खेल्न थालेर हामी स्कुल पनि गएका थिएनौँ पछि घरमा आएपछि बाबाले पिट्नुहुन्थ्यो । सानु अलि जिद्दी खालकी थिईन् बाटोमा कुनै नयाँ फल अथवा फुल देख्यो टिप्देउ न भनेर हैरान बनाउने ।

यदि मैले त्यो टिप्दिएन भने रोएर हिँड्दै नहिँड्ने । यस्तै गरी उनको र मेरो बाल्यकाल बित्दै गयो । बिस्तारै हामी ठुलो हुँदै गएका थियौँ हाम्रो उमेर बढ्दै गएको थियो । हामीले कक्षा १० सम्म सँगै पढ्यौँ अनि त्यसपछि म बाँकी पढाईको लागि नेपालगंज गएँ र उनी सल्यान नै पढिन् । हाम्रो दुरी बढेपछि पहिलाको जस्तो सम्बन्ध पछि भएन । जब हामी टाढियौँ तब हामीलाई विछोड हुनुको पिडाले सतायो । हामी टाढा भएर बस्दा पो हामीलाई एक अर्काको अभावको पिडाले सताउन थाल्यो । खै किन हो मलाई मेरी सानुबाट टाढा भएकोमा एकदमै नराम्रो लाग्यो । एकमनले त भन्यो कि फेरी फर्किएर घरै जाउँ अनि पहिलाकै जस्तो जिन्दगी बिताउँ पछि सोचेँ फेरी मैले बुवाआमाको सपना पनि त पुरा गर्नुछ ।

भर्खरै नेपालगंज जाँदा मसँग फोन पनि थिएन र सानुसँग पनि थिएन । केही समयपछि मैले घरमा मलाई फोन किनिदिन आग्रह गरेँ र मैले हाम्रै गाउँको एउटा पसलको सीडीएमएमा फोन गरेर सानुलाई बोलाईदिन भनेँ । मैले फोन गरेको थाहा पाएपछि सानु पनि कुरा गर्न त्यहाँ पुगिन् । मैले एक्कासी उसको बोली सुन्नेबित्तिकै जिस्काएँ वय दाउरी के छ खबर भनेर जिस्काएँ अनि सानुले पनि मलाई केहो खैरे खुब जिस्काउने भाको अर्कालाई । अनि केहो नेपालगंज गएर त हामीलाई बिर्सीयौ त । हुनत के थाहा उतै घरजम गर्दै होलान् त्यही भएर पो हो कि । अनि मैले सानुलाई जिस्काएर तिमी त्यहीँ छेउ केको मैले त्यहाँ घरजम गर्ने भनेँ ।

केही समयपछि मैले घरमा मलाई फोन किनिदिन आग्रह गरेँ र मैले हाम्रै गाउँको एउटा पसलको सीडीएमएमा फोन गरेर सानुलाई बोलाईदिन भनेँ । मैले फोन गरेको थाहा पाएपछि सानु पनि कुरा गर्न त्यहाँ पुगिन् । मैले एक्कासी उसको बोली सुन्नेबित्तिकै जिस्काएँ वय दाउरी के छ खबर भनेर जिस्काएँ अनि सानुले पनि मलाई केहो खैरे खुब जिस्काउने भाको अर्कालाई ।

अनि सानलेु धेरै नजिस्काउ है मलाई भनेर थोरै लजाईन् । अनि के छ त तिम्रो खबर पढाई कस्तो छ, मैले सोधेँ । अम्् ठीकै छ बरु तिम्रो भन कस्तो छ सानुको प्रश्न, मेरो पनि त्यस्तै हो मैले भनेँ । अनि तिमी सल्यान नै पढ्ने हो यता आउँदिनौँ मैले सोधेँ, सानुको जवाफ आयो तिम्ले लाने होर मलाई त्यहाँ आउनलाई ?

मैले ल्याए आउने होर आउन त सँगै पढौँला । भो आउन्न सानुले अलि निराश हुँदै भनिन् । के भो र यता पढ्नलाई । आमा बिरामी हुनुभाछ अहिले मलाई बाहिर नपठाउने कुरा भाछ घरमा त्यहीभएर । ए होर ? के भो आमालाई ? खै के भाको हो खाना पनि खानुहुन्न दम पनि बढेछ । उसोभए त उपचार गर्नुप¥यो त । अब भोली नेपालगंज ल्याउने सल्लाह भाछ ।

तिमी पनि आउ है भेट्न हस्पिटल । मैले आईहाल्छु नि बरु मलाई खबर गर्नु यता आएपछि भने । अनि यति कुरापछि हामीले फोन राख्यौँ । थोरै भएपनि न्यास्रोपन एकछिनको लागि मेटियो । भोलीपल्ट सानु आफ्नो आमालाई लिएर आफ््नो दाइसँग नेपालगंज आएको खबर मैले पाएँ अनि म पनि भेरी हस्पिटलमा भेट्न गएँ । सानुको आमालाई ढोग गरेँ उहाँले मेरो टाउको मुसार्दै आँखाभरी आँशु गराउनुभयो । अनि भन्नुभो, सुनिल बाबु त कति ठुलो भाको होला, अब त बिहे गर्नेबेला पनि भयो है बाबु । म मुसुक्क हाँसे अनि सानुलाई हेरेँ । उनी अँधेरो मुख बनाएर बसीरहेकी थिईन् । सानुको दाइले मलाई र सानुलाई आमाको हेरचाह गर्न छाडेर घर जानुभयो ।

म पनि सानुसँगै बसेँ किनकी आमाले पनि मलाई त्यहीँ बस्न भन्नुभाको थियो । त्यतिबेला सानुको हालत देख्दा मलाई के गरम र कसो गरम भएको थियो । सानो मुख रसीला आँखा त्यो पनि भित्रै छिरेका, पातलो शरिर, निराश अनुहार अनि चिन्ता मात्रै देखिएको थियो उनको शरिरमा मैले सानुलाई के भो भनेर सोध्दा आमाको चिन्ता लागेको कुरा बताईन् ।

मैले केही हुँदैन चिन्ता नलेउ भनेर सम्झाएँ । सानु त्यो रातभरी रोईन् । सँगसँगै आमा पनि रुनुभएको थियो । आमाले पनि अब म बाँच्दिन बाबु यो मेरी छोरी केही थापाउँदिने कसैले यसलाई दुःख देला सताउला ख्याल गर्नुहै बाबु यदि म मरिहाले भने । यसले त जन्मेदेखि कहिल्यै सुख पाईन कहिले बिरामले सतायो कहिले मेरो बिरामले सतायो । सक्छौ भने बाबु यसको हात तिमीले थाम्दिनु जिन्दगीभरी ।

मैले केही हुँदैन चिन्ता नलेउ भनेर सम्झाएँ । सानु त्यो रातभरी रोईन् । सँगसँगै आमा पनि रुनुभएको थियो । आमाले पनि अब म बाँच्दिन बाबु यो मेरी छोरी केही थापाउँदिने कसैले यसलाई दुःख देला सताउला ख्याल गर्नुहै बाबु यदि म मरिहाले भने । यसले त जन्मेदेखि कहिल्यै सुख पाईन कहिले बिरामले सतायो कहिले मेरो बिरामले सतायो । सक्छौ भने बाबु यसको हात तिमीले थाम्दिनु जिन्दगीभरी ।

छोरीको कर्म के गर्नु एकदिन न एकदिन अर्काको घर जानैपर्छ । यसको बाउले पनि सानैमा छोडेर गए अब म पनि धेरै बाँच्दिन मेरो आँखाले तिमीलाई मेरो छोरीको लायक देख्छ । मलाई थाछ तिमीले यसलाई पहिल्यैबाट मन पराउँथ्यौ । हेर बाबु तिमीहरुको जोडी भगवानले नै बनाईदिएका हुन् तिमीले यसलाई साथ दिन्छु भन्यौ भने म पनि हाँसी हाँसी परान छोड्नेथिएँ ।

यो भनिरहँदा म निस्तब्ध थिएँ । सानु पनि आमाको छेउमा घोप्टी परेर रोईरहेकी थिईन् । मैले केही भन्न सकेन । एकमनले त लाग्यो मेरो बाटो आमाले नै सजिलो बनाईदिनुभयो मेरो मनको कुरा उहाँले नै भनेर तर खै किन किन डर लागेको थियो मलाई । एकछिन सोचेँ मेरो जन्मेदेखिको साथी अब जिन्दगीभरीकै लागि सारथी हुँदै थिईन् । मैले अरु दायाँबायाँ केही सोचेन आमाको त्यो अनुरोध मैले स्वीकारेँ । सानुलाई बिहे गर्न म राजी भएँ । मैले सानुको विचार त सुनेकै थिएन अनि फेरी सानुलाई हेरेँ अनि आमासँग सोधेँ । उनको विचार के छ फेरी उनको चाहानाविपरित हुन्छकि के था ?अनि आमाले सानुलाई सोध्नुभो सानुले थोरै रुँदै थोरै हाँस्दै सहमतिको टाउको हल्लाईन् । त्यत्तिकैमा सानुको फुपु पनि आउनुभो अनि यो कुरा उहाँले पनि थाहा पाउनुभो र आमाले छिटै बिहे गर्ने भनेपछि त्यसको पाँच दिन पछि २०६५ साल माघको १३ गते हाम्रो बिहेको लगन जु¥यो ।

मेरो घरमा पनि मैले सबै भनेको थिएँ सबैजना बिहेको लागि राजी हुनुभयो । नेपालगंजकै बागेश्वरी मन्दिरमा हाम्रो बिहे भयो । त्यो दिन सानु र म दुई ज्यान तर एक मुटु भयौँ । हामीले नयाँ जिन्दगीको सुरुवात ग¥यौँ । त्यसपछि सानु र म दुबैजना नेपालगंज नै बसेर पढ्यौँ । आमाको स्वास्थ्य पनि बिस्तारै ठीक हुँदै थियो सायद छोरीलाई खुसी देखेर होला । मेरो जिन्दगीको एउटा ठुलो सपना पुरा भयो । जसलाई मैले सानैछँदाको साथी भन्थे उनी नै अहिले मेरो जिन्दगीमा सँगै यात्रा गर्ने सहयात्री भएकी थिईन् ।

उनीबिनाको न्यास्रोपनको जिन्दगी सायद अब मैले कहिल्यै जिउनु पर्दैन होला सोचेको थिएँ मैले । संसारको सबैभन्दा ठुलो खुसी मैले पाएको अनुभव भएको थियो मलाई । मेरी सानु मसँगै भएकोले नै होला हरेक काम मैले मन लगाएर गर्थेँ । बिहानको कलेज दिउँसोको अफीस । मेरी सानु मसँगै भएर म हाँस्न अनि बाँच्न पाएको थिएँ । खुसी साट्न पाएको थिएँ ।

बिहान उठ्ने बित्तिकै सानुको हँसिलो अनुहार सँगै उनैको हातको चिया पिएर क्याम्पस जान्थेँ अनि फर्किएपछि सानुले पकाएको खाना खाएर म हतारिँदै अफीस जानुपथ्र्यो । त्यतिबेला सानुले मलाई भन्ने गर्थिन् । क्याम्पस अनि जागिर दुबै अहिले नगर भन्दा टेर्ने होईन न मलाई कुनै जब गर्छु भन्दा गर्न दिने यति दुःख खै केका लागि गरेको हो । यति खाई न खाई गरेर किन काम गरिरन्छौ के तिमी हँ ??

अनि मैले उनको रीसालुपनलाई फकाउँदै भन्थे । तिमी अनि हाम्रो सन्तानको लागि त यति गर्नैप¥यो नि । तिमीले पनि काम गर्ने हो तर अहिले तिमी आमा बन्नेवाली छौ त्यसैले अहिले नाई पछि हाम्रो बच्चा ठुलो भएपछि है नानुको मम्मी । मैले जिस्काएर भनेपछि उनी मुसुक्क हाँसेर मेरो छातीमा टाँस्सिएर मलाई अंगाल्थिन् । सानु आमा बन्नेवाली थिईन् हामी दुबैजना एकदमै खुसी थियौँ । म अफिस जाँदा आफ्नो आँखाले भेटुन्जेल मलाई हेरिरन्थिन् अनि पर पुगुन्जेल भन्ने गर्थिन् ।

मैले उनको रीसालुपनलाई फकाउँदै भन्थे । तिमी अनि हाम्रो सन्तानको लागि त यति गर्नैप¥यो नि । तिमीले पनि काम गर्ने हो तर अहिले तिमी आमा बन्नेवाली छौ त्यसैले अहिले नाई पछि हाम्रो बच्चा ठुलो भएपछि है नानुको मम्मी । मैले जिस्काएर भनेपछि उनी मुसुक्क हाँसेर मेरो छातीमा टाँस्सिएर मलाई अंगाल्थिन् । सानु आमा बन्नेवाली थिईन् हामी दुबैजना एकदमै खुसी थियौँ ।

दिउँसो भोकै नबस्नु है खाजा खानु अनि खुला ठाउँको खानेकुरा केही नखानु नि । म बेस्सरी हाँस्थे के को केटाकेटीलाई झैँ सम्झाको होला भन्दै । अनि फेरी सानु बोल्थिन् धेरै हाँस्ने होईन नि साँझ आएपछि जानेछु मैले । साँझ छिटै फर्किनु नि है ? यस्तै गरेर हामी दुईजनाको गृहस्थी चलेको थियो एकदमै रमाईलोसँग । मेरी सानु थिईन् मेरो साथमा म थिएँ उनको साथमा अनि हाम्रो सानो संसारमा अर्को नयाँ सदस्य थपिँदै थियो । सानुको डेलिभरी हुने समय नजिकिँदै थियो त्यसैले मैले आमालाई पनि नेपालगंजमै बोलाएँ ।

जति समय नजिकिँदै थियो सानु उति आत्तिएकी थिईन् । मैले उनको आँटलाई बलियो बनाउने प्रयास गरिरहेको थियो । आमाले पनि नआत्तिन नडराउन भन्दै सम्झाउनुहुन्थ्यो । शनिबारको दिन थियो रातीको खाना खाएर हामी भर्खर सुत्ने तरखर गर्दै थियौँ । सानुले पेट दुख्न थाल्यो भनेर आत्तिन थालिन् अनि मैले छिटोछिटो आमालाई बोलाएँ । त्यसपछि आमा आएर नआत्ते नानी केही हुँदैन एकछिन हो नआत्ते भन्दै पेट मसार्दै हुनुहुन्थ्यो ।

पछि धेरै पिडा भएपछि मैले एम्बुलेन्स बोलाएँ र हस्पिटल लिएर गयौँ । सानुको प्रसव पिडा झन् झन् बढ्दै गएको थियो । म आत्तिएको थिएँ कतिबेला सानुलाई आराम मिल्ला कतिबेला सानु हाँस्लिन् । के गर्ने मैले त्यो समयमा, मिल्ने भैदिएको भए मैले उनको पिडालाई आफुतिर सार्थे तर नमिल्ने ? डक्टरले सानुलाई चेक गरेपछि थाहा भयो बच्चा तेर्सो परेको छ रे अप्रेशन गर्नुपर्छ । अब झन् ठुलो संकट प¥यो । कसरी के हुने हो म रनभुलमा परेँ । घरबाट सबै परिवार पनि जम्मा भईसकेका थिए ।

१७ घण्टा बितिसकेको थियो । सानुलाई अप्रशन थिएटरमा लैजानुभन्दा अगाडि मैले भेट्छु भनेँ । अनि म सानुलाई भेट्नलाई भित्र पसेँ । उनको रुवाई उस्तै थियो २० को १९ भएको थिएन । छटपटि उस्तै थियो उनको तड्पाई उस्तै थियो । त्यतिबेला मैले के गर्न सक्थे र मात्र मुगदर्शक बनेर हेर्न बाहेक केही गर्न सकेन । उनी त्यो अवस्थामा पनि केही बाल्न खोज्दैथिईन् मसँग । सुनिल म हाम्रो बच्चालाई जन्माउन चाहान्छु । मेरो ज्यान लिएर भएपनि मेरो बच्चालाई बचाउन भन्देउन कसैलाई प्लीज सुनिल मलाई यत्ति शक्ति दिन भन न ।

मलाई धेरै गाह्रो भएको छ, मलाई यो बच्चालाई जन्माउने साहस देउ । म त कत्ति अभागी रैछु है सुनिल बच्चाको मुख हेर्नै नपाएर मर्ने भए । यति के भनेकी थिईन् मैले उनको मुखमा हात राखेर भनेँ के बोलेको यस्तो केही हुँदैन तिमीलाई । सन्तानलाई जन्म सबैले दिएका हुन्छन् के सबैले सन्तानको मुख नदेखेरै जान्छन् र यस्तो पनि बोल्छन् केही हुँदैन तिमीलाई केही हुँदैन मेरी सानु केही हुँदैन,,,,मैले आफुलाई सम्हाल्न सकिन अनि उनकै छेउमा घोप्टी परेर रुँदै थिएँ ।

मलाई धेरै गाह्रो भएको छ, मलाई यो बच्चालाई जन्माउने साहस देउ । म त कत्ति अभागी रैछु है सुनिल बच्चाको मुख हेर्नै नपाएर मर्ने भए । यति के भनेकी थिईन् मैले उनको मुखमा हात राखेर भनेँ के बोलेको यस्तो केही हुँदैन तिमीलाई । सन्तानलाई जन्म सबैले दिएका हुन्छन् के सबैले सन्तानको मुख नदेखेरै जान्छन् र यस्तो पनि बोल्छन् केही हुँदैन तिमीलाई केही हुँदैन मेरी सानु केही हुँदैन,,,,मैले आफुलाई सम्हाल्न सकिन अनि उनकै छेउमा घोप्टी परेर रुँदै थिएँ ।

डक्टर आएर सानुलाई लगे । सानुले सुनिल हाम्रो सन्तानलाई जोगाएर राख्नु है सुनिल…सुनिल ठुलो स्वरले भक्कानिएर बोल्दै थिईन् सानु । म अर्धबेहोस् अवस्थामा थिएँ । मैले भविष्य केही देखेको थिएन । अब के हुने हो मलाई थाहा थिएन । सानुको अप्रेशन शुरु भयो । हामी सबैजना बाहिर कुरेर बसेका थियौँ । म पुकार गरिरहेको थिएँ हे भगवान मेरो सानुलाई र बच्चालाई केही नहोस् । भगवान मेरो सहारालाई बाचाईदेउ प्लीज भगवान । डेढ घण्टा पछि डक्टर बाहिर निस्किए अप्रेशन थिएटरबाट ।

हामी सबैजनाले एउटै प्रश्न तेर्साएयौँ डक्टरलाई । के भयो डक्टर ??? डक्टरले मेरो छेवैमा आएर भने,,सरी सुनिल जी आमालाई हामीले बचाउन सकेनौँ तर बच्चा ठिक छ । मैले डक्टरको छातीमै समातेर फेरी सोधेँ के भन्नुभो रे ?? आमालाई बचाउन सकिन रे ?? अनि किन डक्टर भको तपाईँ किन अप्रेशन गर्नुभो कसरी गर्नुभो ?? तपाईँले मार्नुभो है मेरी सानुलाई तपाईँले मार्नुभो ।

बच्चा ठिक छ,,मेरी सानुलाई मार्दिनुभो है ?? एउटी आमालाई बचाउन सक्नुभएन ?? मैले जथाभावी बोल्न थालेपछि दाइले मलाई अंगालेर तानेर सानु भएको ठाउँमा लग्नुभयो । भित्र पुगेपछि आमा, दिदी, फुपु सबैजना सानुको वरिपरि घेरिएर रोएको देखेपछि मैले आफुलाई सम्हाल्नुपर्छ भनेर सबैलाई नरुनुस् भन्न नजिकै पुगेको थिएँ धेरै सपना बोकेका सानुका ति आँखा सधैँको लागि चिम्लिएको देखेर मैले आफुलाई सम्हाल्न सकिन र डाको छोडेर रोएँ । मेरी सानुले आफ्नो सन्तानको मुख देख्न नपाउँदै छोडिसकेकी थिईन् मेरी आशिका,, मेरी सानुले यो संसार अनि गईसकेकी थिईन् धेरै टाढा ….धेरै टाढा….

जति बोलाएपनि जति कराएपनि मेरी सानु ब्युँझिनन् म रुँदा रुँदा बेहोस् अवस्थामा पुगिसकेको थिएँ । एक्कासी छोरीको रुवाईले मलाई ब्युँझायो । जुरुक्क उठेर छोरीलाई समात्न पुगेँ । मेरी सानु र मेरो मायाको चिनो प्यारी छोरी । यो मायाको चिनो मलाई छोडेर मेरी सानु धेरै टाढा पुगिन् सदाको लागि मलाई छोडेर गईन् मात्र यादहरु छोडेर । मेरो जीबनको हरेक अप्ठ्यारो परिस्थितिमा मलाई साहस बनेर साथ दिने मेरी सानु जीबन मरणको दोसाँधमा छटपटिँदा मैले केही गर्न सकेन बस् मुगदर्शक बन्न बाहेक केही गर्न सकेन ।

बोलाएपनि जति कराएपनि मेरी सानु ब्युँझिनन् म रुँदा रुँदा बेहोस् अवस्थामा पुगिसकेको थिएँ । एक्कासी छोरीको रुवाईले मलाई ब्युँझायो । जुरुक्क उठेर छोरीलाई समात्न पुगेँ । मेरी सानु र मेरो मायाको चिनो प्यारी छोरी । यो मायाको चिनो मलाई छोडेर मेरी सानु धेरै टाढा पुगिन् सदाको लागि मलाई छोडेर गईन् मात्र यादहरु छोडेर । मेरो जीबनको हरेक अप्ठ्यारो परिस्थितिमा मलाई साहस बनेर साथ दिने मेरी सानु जीबन मरणको दोसाँधमा छटपटिँदा मैले केही गर्न सकेन बस् मुगदर्शक बन्न बाहेक केही गर्न सकेन ।

सानु तिमी त मलाई छोडेर गयौ । अब अहिले मलाई अफिस जाँदा परै पुग्ने बेला सम्म दिउँसो भोकै नबस्नु है नास्ता खानु बाहिरको केही नखानु साँझ छिटै फर्किनु यस्तै यस्तै भन्ने अब कोही छैन । तिमी त चटक्क छोडेर गयौ म त यहाँ एक्लै छु । तिमीबिना थोरै भएपनि खुसी यही छोरीले दिएकी छ त्यसैले हाम्री छोरीको नाम मैले खुसी राख्दिएको छु । अहिले हाम्री छोरी ६ वर्षकी भएकी छ । तिमीजस्तै छ हाम्री छोरी, रसिला आँखा पातलो शरिर अनि मुखमा हाँसो ।

हुनत त्यो छोरीलाई आमाको अभाव महसुस गर्ने मैले मौका दिएको छैन तैपनि कहिलेकाहिँ सोध्छे मलाई बाबा आमा कसलाई भन्छन् ? मेरो आमा कोही छैन त सबैको आमा हुन्छन् भनेर । केटाकेटीको जिज्ञासा यस्तै हुन्छन् थाहा छ तिमीलाई पनि । मैले त्यतिबेला के जवाफ दिने छोरीलाई । अनि तिम्रै फोटो देखाउँछु र भन्छु यो फोटोले कसलाई हेरको छ छोरी भन्छे मलाई हो आमा यस्तो मान्छेलाई भन्छन् जसले जहाँ भएपनि हामी सबैलाई हेरेको हुन्छ । हामी रोएको बेला हामी हाँसेको बेलामा सधैँ सँगै हुन्छिन् आमा तिम्रो आमा पनि भगवानको घरमा छिन् । दिनमा घाम बनेर अनि रातमा जुन बनेर हामीलाई हेरिरहेकी हुन्छिन् ।

सानु तिम्रो अभावमा बाँच्न मलाई निकै गाह्रो भएको छ । यतिका वर्ष भईसक्यो तर पनि तिमीबिना बाँच्न सक्ने आँट खुलेर गर्न सकेको छैन । कुन दुनियाँमा छेउ तिमी कुन संसारमा छेउ सानु कहाँ छेउ बताईदेउन म पनि तिमीसँगै आउँछु । भन्छन् भन्नेले त यसरी हरेस खानुुहुँदैन तर म कसरी साहस जुटाउँ सान कसरी तिम्रो अभावमा बाँचु । जहाँ जाउँ तिम्रा यादले पछ्याउँछन् कुनै ठाउँ र कुनै पल हुँदैन तिमीलाई नसम्झेको । थोरै साहस यही हाम्रो मायाको चिनो हाम्री छोरी खुसीले दिन्छे नत्र त सायद म पनि बाँच्थेन होला ।

मैले यो कथा लेख्दै गर्दा पनि छोरी नजिकै बसेर तिम्रो मेरो अनि आफ्नो चित्र कोरेर मलाई देखाउँदै थिई मेरो आँखामा आँशु देखेपछि उ केही बोलिन र त्यो चित्र त्यहीँ छोडेर बाहिर निस्किई । के थाहा त्यो अबोध बालिकालाई म कुन पिडामा रोएको थिएँ त्यसैले होला केही सोधिन उसले मलाई । सानु दैवले मलाई दिनुसम्मको ठुलो पिडा दिएको छ तिमीबिनाको यो अधुरो जीबनसँगको संसार । बच्चैदेखिको तिम्रो साथ जीबनको २३ वर्षसम्म मात्र पाएँ र यी तिम्रा यादहरु भने म चितामा नजलुन्जेल मेरै साथमा हुनेछन् ।

मैले यो कथा लेख्दै गर्दा पनि छोरी नजिकै बसेर तिम्रो मेरो अनि आफ्नो चित्र कोरेर मलाई देखाउँदै थिई मेरो आँखामा आँशु देखेपछि उ केही बोलिन र त्यो चित्र त्यहीँ छोडेर बाहिर निस्किई । के थाहा त्यो अबोध बालिकालाई म कुन पिडामा रोएको थिएँ त्यसैले होला केही सोधिन उसले मलाई । सानु दैवले मलाई दिनुसम्मको ठुलो पिडा दिएको छ तिमीबिनाको यो अधुरो जीबनसँगको संसार । बच्चैदेखिको तिम्रो साथ जीबनको २३ वर्षसम्म मात्र पाएँ र यी तिम्रा यादहरु भने म चितामा नजलुन्जेल मेरै साथमा हुनेछन् ।

यही हो मेरै सानु र मेरो जिन्दगीको अतितको डायरी,,,सुरु भयो तर अन्त्य भने हुन सकेको छैन । जब मेरो जीबनको अन्त्य हुँदैन त्यति नै मेरी सानुका यादहरुले यस्ता अतितका डायरीका कैयौँ पानाहरु भर्नेछन् ।

( यो कथा प्रदेश एफ.एम बाट प्रसारण हुने कार्यक्रम अतितको डायरिबाट लिएको एउटा मान्छेको यथार्थ जिन्दगीको कथा हो । )