२०८१, ७ बैशाख शुक्रबार

चामुण्डाबिन्द्रासैनीको नगर सभापतिमा शाहीको उम्मेदवारी

सुर्खेत । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा चामुण्डाबिन्द्रासैनी नगरपालिकाको नगरसभापतिमा जोगी शाहीले उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीको केन्द्रीय कार्य समितिको कार्य तालिका अनुसार असोज ९ गते स्थानीय तहको नेतृत्व चयनमा शाहीले नगर सभापतिको लागि उम्मेदवारी दिने बताएका छन् ।

‘सहमति मेलमिलाप र एकताको सुभारम्भ, नविनतम बिचार र संगठन सुद्धिकरणको आरम्भ’ भन्ने मुल नाराका साथ अग्रसर शाहीले नगरपालिकामा पार्टीको संगठनलाई बलियो, सुदृढ र संगठित बनाउने बताएका छन् । हाल नगर कार्यसमितिको सह–सभापति रहेका शाही काँग्रेसको १२ औँ र १३ औँ महाधिवेशनमा साविक लयाटीबिन्द्रासैनी गाउँ कार्यसमितिको सभापतिको जिम्मेबारी निर्बाह गरीसकेका छन् ।

वि.स. २०३० असार २१ गते चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नम्बर ७ मा जन्मिएका शाही विगत ३० बर्ष देखि नै सामाजिक सेवामा सक्रिय छन् । पछिल्ला झण्डै १५ बर्ष यता नेपाली काँग्रेसमा सक्रिय रहेका शाहीले सभापतिमा निर्वाचित भए पछि पार्टी भित्र आमुल परिवर्तन र समाज रुपान्तरणका साथै समाज समुदायलाई सुधारात्मक बाटोमा अघि बढाउने बताएका छन् ।

‘राजनीति कमाउने, गुजरा चलाउने र आलिसान महल खडा गरी आसेपासेलाई अबसर दिने होइन, समाजको निस्वार्थ सेवा गर्नु हो,’ शाहीले भने, ‘पुरानो ढर्राबाट र परम्परागत शैलिबाट नभएर अबको राजनीति नयाँ बिचार, सिद्धान्तका साथ सामाज परिवर्तन गर्ने हुनेछ । मैले राजनीतिक गर्दै गर्दा आफ्नो अमूल्य समय, कसैको प्रलोभन लोपलालच, आग्रह, पूर्वाग्रहमा खर्चेको छैन । म शक्ति घमण्ड र अहमताको विरोधी पनि हो ।’

राजनीतिमा आफु कसैको विरासत जोगाउन नलागेको भन्दै शाहीले पछिल्लो समय राजनीतिमा किनबेच झुटो आश्वासन र अबसरका नाममा भइरहेका गलत प्रवृति प्रति दुखीत भएको समेत बताए ।