२०८३, १७ असार बुधबार

गणेश र गरिमाको अभिनयमा ‘तिम्रो काखमा’ गित बजारमा

सुर्खेत । लामो समय देखि मोडलिङ क्षेत्रमा सक्रिय रहँदै आएका मोडल गणेश हमाल र गरिमा शर्माको अभिनयमा गित ‘तिम्रो काखमा’ सार्वजनिक भएको छ । मिडिया पिक्चर्स नेपालको व्यानरमा निर्माण भएको गितको शब्द रिता भण्डारीको रहेको छ भने स्वर कुशल राज खड्काको रहेको छ ।

ओएसआर डिजिटलको अफिसिएल युट्युव च्यानलबाट सार्वजनिक भएको गितलाई युट्युव तथा टिकटकमा धेरै दर्शकहरुले रुचाएका छन् । गितमा एउटा प्रेमी, प्रेमीका बिचको मायालाई शब्द र संगित मार्फत व्यक्त गर्न खोजिएको छ । संयोन श्रेष्ठले निर्देशन गरेको उक्त गितमा अनिल रानाले सम्पादन गरेका छन् ।

भिडियो लिंकः