२०८१, १० बैशाख सोमबार

सशस्त्र द्वोन्द्वमा आधारित फिल्म ‘म कमरेड’ निर्माण

सुर्खेत । काफिया मिडिया सेन्टर र निर्मल प्रोड्क्सनको ब्यानरमा लघु चलिचत्र म कमरेड तयार गरिएको छ । दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा भोगेको संघर्षको म कमरेड लघु फिल्ममा समावेश गरिएको छ । लघु फिल्म म कमरेडको लुक पोस्टर निर्माण कम्पनीले सार्वजनिक गरेको हो ।

फिल्म उत्पादन रिता पौडेल गणेश कंचन भारती र कर्यकारी निर्माता धिरेन चन्द गरेका ह््न् । सुरबिना कार्की कमरेडको मुख्य भुमिकामा देखिएकी छन् । लघु चलचित्रमा सुरबिना कार्कीसँगै प्रेमदेव गिरि, रियल विक्रम लगायतको अभिनय रहेको निर्माता निर्मल पौडेलले जानकारी दिए । कथा लेखन र निर्देशन पौडेलले नै गरेका हुन ।

लघु चलचित्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा पठाइने निर्देशक पौडेलले बताए । चलचित्र निर्माण अन्तिम चरणमा रहेकाले केही समयमा प्रोमो सार्वजनिक गर्ने पौडेलले बताएका छन् ।