२०८१, २ बैशाख आईतवार

राष्ट्रिय युवा संघ सुर्खेतले पायो पूर्णता

सुर्खेत । राष्ट्रिय यूवा संघ नेपाल जिल्ला कमिटी सुर्खेतले पुर्णता पायको छ । जिल्ला कमिटी , निर्वाचन क्षेत्र कमिटी र पालिका कमिटीहरु सर्वसम्मत रुपमा बिहिबार चयन गरेको हो । जसको अध्यक्षमा कमल खड्का (जुनी) चयन भएका छन् । यस्तै बरिष्ठ उपाध्यक्षमा बासुदेव आचार्य, उपाध्यक्षमा विक्रम वि.क., अमृत बुढा, होम बहादुर रामजाली, समीर शाही र कटक शाही चयन भएका छन् ।

यस्तै सचिवमा रमेश खड्का, सह–सचिवमा डम्मर राना, मनोज कुमार पाण्डे, कमल राना मगर, लेखनाथ बुढा, दिपेन्द्र थापा र दिपेन्द्र कुमार शाही चयन भएका छन् ।

यस्तै कोषाध्यक्षमा नम्रता कार्की चयन भएकी छन् । यस्तै १९ सचिवालय सदस्यमा चयन भएका छन् । जिल्लाका झण्डै ३ सय भन्दा बढि सदस्यमा चयन भएका छन् ।