कृषि अध्ययन गरेर स्वरोजगार बन्दै युवाहरु
सुर्खेत । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नम्बर ५ का भिमप्रसाद शर्मा चामुण्डा माध्यामिक विद्यालय चामुण्डाबिन्द्रासैनी–३ हाडाकोटमा कृषि बाली विज्ञान तेस्रो बर्षमा अध्ययरत छन् । २०७५ भदौँबाट अध्यन सुरु गरेका उनले अध्ययन नसक्दै आफ्नो व्यवसाय समेत सुरु गरिसकेका छन् ।
आफ्नो बारीमा विभिन्न प्रकारका तरकारी, फलफुल, बेसार, कागती खेती गरेर मनग्य आम्दानी गर्दै गएका छन् । खाडी मुलुक मलेसियामा झण्डै ४१ महिना बसेर फर्कीएका शर्माले २०७५ मा स्वदेश फर्कीएर अध्ययन सुरु गरेका थिए ।
आफ्नै देशमा केहि गर्ने लक्ष्यका साथ कृषि बाली विज्ञान अध्ययन सुरु गरेका उनले अध्ययन गर्दै २०७६ सालबाट आफ्नो बारीमा खेती सुरु गरेका छन् । आफ्नै मेहेनतले सुन्तला खेती, उन्नत जातको सुन कागती, उन्नत जातको जि नौ केरा, बेसार, अदुवा लगायतको खेतीबाट सुरु गरेका उनले आफ्नै बारीबाट मनग्य आम्दानी लिन सुरु गरिसकेका छन् ।
सुरुमा झण्डै २ लाखबाट आफ्नो खेती सुरु गरेका उनले हाल सम्म झण्डै ४ लाख रुपैयाँ सम्मको लगानी बढाएका छन् । २०७७ मा मात्रै ४६ कुण्टल बेसार निर्यात गरेका छन् । सबै खेतीबाट गरे उनले झण्डै ४ लाख भन्दा बढि आम्दानी समेत गरेका छन् ।
आयूष कृषि तथा पशुपन्छी फार्म दर्ता गरेर उनले झण्डै ४० रोपनी आफ्नो जग्गामा खेती गरीरहेका उनले कृषि संगै माछा पालन पनि गरिरहेका छन् । अध्ययनको क्रममा रहेका उनले अध्ययन पुरा गरेपछि पाँच बर्षे योजना बनाएको बताए ।
‘पराम्परागत खेती गर्ने जग्गामा आधुनिक खेत गर्दा सुरुमा सबैले मलाई पागलको संग्या दिए,’ उलने भने, ‘म आफ्नो मेहेनतले दिनरात खटिएर लागे परीवारबाट पनि सुरुमा राम्रो साथ सर्पोट पाएको थिएन । अहिले पाएको छु । अब यसलाई म बृहत बनाउँदै लैजाने छु ।’
भिम प्रसाद जस्तै ३ बर्ष मलेसिया बसेका ठाँटीकाँध गाउँपालिका ४ बिशालाका प्रकाश शाहीको लक्ष्य पनि उस्तै छ । चामुण्डा माध्यामि विद्यालयमा बाली विज्ञान तेस्रो बर्ष अध्ययनरत उनी अध्ययन पस्यात बृहत रुपमा आफ्नै गाउँमा आधुनिक खेतीको सुरुवात गर्ने बताए ।
‘अहिले केहि सामान्य रुपमा खेती गरे पनि पढाई सके पछि गाउँमा नै गएर बृहत रुपमा खेती गर्ने लक्ष्य छ,’ उनले भने, ‘अहिले विद्यालय मा नै विभिन्न खेती हरु गरिरहेका छौँ । त्यसबाट पनि अध्ययनमा सहज भएको छ ।’ भिम प्रसाद र प्रकाशको जस्तै चामुण्डाबिन्द्रासैनी नगरपालिका ५ का महेश शाहीको योजना पनि उस्तै छ । अध्ययन सकेपछि पढाईलाई सहि सदुपयोग गर्दै कृषि खेतीमा लाग्ने उनी बताउँछन् ।
ग्रामिण भेगमा २०७५ सालमा सुरु गरिएको कृषि बाली विज्ञान कार्यक्रममा दैलेखका मात्रै नभएर कर्णाली प्रदेशको जाजरकोट, सल्यान, कालिकोट, जुम्ला, सुर्खेत लगायतका विभिन्न जिल्लाका मानिसहरु अध्ययनको लागि आउने गरेका छन् । विद्यालयमा प्राविधिक तर्फ ३ बर्षे कृषि बाली विज्ञान २०७५ सालबाट र १८ महिना कृषि जेटिए २०७२ सालबाट सुरु भएको छ । शिक्षा तर्फ कक्षा १ देखि १२ सम्म अध्ययन भइरहेको छ । झण्डै ३ विगाह जग्गामा फैलिरहेको विद्यालयमा २ सय ८७ रोपनी जग्गामा कृषि बहुप्राविधिक विद्यालय सञ्चालन गर्नको लागि गुरुयोजना निर्माण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरकबहादुर शाहीले जानकारी दिए । प्राविधिक शिक्षालाई जोड दिएको विद्यालयले शिक्षालाई श्रम र श्रमलाई उत्पादन संग जोडेर ग्रामिण विकास र रोजगारी सृजना गर्ने लक्ष्य रहेको उनले बताए ।
विद्यालयको ५ बर्षे रणनीतिक योजना
विद्यालयले पाँ बर्षे रणनीतिक शैक्षिक गुरु योजनालाई अघि बढाएको छ । आर्थिक बर्ष २०७७, ०७८ बाट सुरु भएको योजना २०८१,०८२ मा सकिने छ । जस अन्तर्गत भौतिक संरचना सबैजसो निर्माण भइसकेका छन् । भने शैक्षिक गुणस्तर जोड दिने अध्यक्ष शाहीले बताए । कक्षा ११, १२ मा विज्ञान बिषयको अध्ययन सुरु गर्ने, बहुप्राविधिक विद्यालयको रुपमा विकास गर्ने विद्यालयको लक्ष्य रहेको छ । कृषि सहकारी, किसान संगको समन्वयमा विद्यार्थीहरु कृषि सहकारी मार्फत किसानको घर घरमा गएका ओजेटी गर्ने उनले बताए ।
विद्यालयले २०७७,०७८ मा गत बर्ष कृषि बाली विज्ञानको दोस्रो बर्षमा नेपालमै तेस्रो र कर्णालीमा पहिलो नतिजा हासिल गरेको छ । विद्यार्थीहरुलाई आउ, पढ र कमाउ र जाउ विद्यालयको मुल नारा रहेको विद्यालयले शिक्षालाई श्रम, श्रमलाई उत्पादन र रोजगारी संग जोड्ने शिक्षा प्रदान गर्ने मुल नारा रहेको छ । नमुना मावि विद्यालयको गुरुयोजना निर्माण गरिएको र सोहि अनुसारका शैक्षिक गतिविधिहरुलाई अघि बढाइएको विद्यालयको प्रिन्सिपल राजेन्द्रबहादुर शाहीले जानकारी दिए ।
‘अहिले पनि हाम्रो प्राविधिक कक्षाहरु सञ्चालन भइरहेका छन्,’उलने भने, ‘तेस्रो बर्ष अध्ययरत विद्यार्थीहरु केहि दिनमा ओजेटीको लागि निश्किदैछन् ।’ हाल विद्यालयमा कृषि बाली विज्ञान तर्फ पहिलो, दोस्रो र तेस्रोमा गरेर ५६ जना विद्यार्थी अध्ययरत छन् ।
भौतिक संरचना तर्फ चार वटा पक्की पोली हाउस, २ वटा पक्की च्याउ घर, माछा पोखरी एक वटा, पिसाब कलेक्सन घर, अर्गानिक विसाधी बनाउने विधि, स्थानीयत जडिबुटीबाट बनेका औषधि जन्य ४२ आईटमको लगाइएको बताए । साथै बोजो, पत्तर कट, वन लसुन लगायतका बस्तुहरु लगाईएको उनले बताए । साथै ४२ जातका स्थानीय स्तरमा प्राप्त हुने अन्नहरुलाई संरक्षण गरेर राख्ने कलेक्सन बैंकको रुपमा सुरुवात गरिएको अध्यक्ष शाहीले जानकारी दिए ।
कृषि सहकारी मार्फत १०० जना घरधुरी किसानको घरमा गएर माटो परिक्षण गरिएको छ । बर्षायाममा घाँसको बेर्ना रोप्ने, मैसमी देखि बेमैसमी तरकारी बिक्री वितरण गरेको उनको भनाई छ ।
यस्तै २ सय ५० बढि अमिलो जातका विरुवाहरु, अन्नत जातको धान खेती झण्डै १५ रोपनीमा सुरुवाता गरिएको, झण्डै १० रोपनीमा बेसार खेती गरेको उनले बताए ।
विद्यालयमा गएको आर्थिक बर्षमा डेढ करोड बजेट आएको थियो । जसबाट ६६ लाखमा ६ कोठे दुई तले भवन निर्माण गरेको ५० लाखमा ४ कोठे दुई तले भवन निर्माण गरिएको, चमेनागृह क्यान्टिन निर्माण गरिएको उनले बताए । हाल विद्यालयमा विद्यार्थीहरुले पाँच, पाँच जनाको गुरुपमा कृषि खेती गरीरहेका छन् ।








