२०८३, १७ असार बुधबार

राष्ट्रिय युवा संघ वीरेन्द्रनगर कमिटिको अध्यक्षमा खत्री चयन


सुर्खेत । राष्ट्रिय युवा संघ नेपाल वीरेन्द्रनगर नगर कमिटिको अध्यक्षमा रामु खत्री चयन भएका छन् । युवा संघको बुधबार सम्पन्न बैठकले खत्रीलाई नगर अध्यक्षमा चयन गरेको हो । यस्तै सचिवमा बिजय थापा मगर चयन भएका छन् ।

यो संगै युवा संघले सुर्खेतका ९ वटै स्थानीय तहका अध्यक्ष र सचिव चयन टुङ्ग्याएको छ । अध्यक्ष खत्रीले वीरेन्द्रनगरका १६ वटै वडामा छिटै वडा कमिटिहरु गठन गर्ने बताए । संघठनलाई जिल्ला भित्र एकदमै चलायमान गराउने भन्दै खत्री युवाहरुलाई सक्रिय भएर लाग्न आग्रह समेत गरेका छन् ।

युवा संघ केन्द्र देखी वडा तह सम्म चलायमान बनाउने राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य निर्मल बिष्ट (दोर्जे)ले जानकारी दिए ।