२०७८, २१ श्रावण बिहीबार

युवाहरुले गरे वीरेन्द्रनगरमा बृहत रक्तदान

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोरोनाका कारण लामो समय देखि प्रभावित क्षेत्रमा रगत अभाव टार्नको लागि युवाहरुले रक्तदान गरेका हुन् । शनिबार वीरेन्द्रनगर–६ स्थित मंगलगढी चोकमा नेपाल मानव धर्म सेवा समिति कर्णाली क्षेत्र आश्रम सुर्खेतले नेपाल विद्यार्थी संघ मध्यपश्चिम विश्वविद्यालय संगको समन्वय र नेपाल रेडक्रस सोसाईटी संगको सहकार्यमा कार्यक्रम सम्पन्न गरेको हो ।

रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेको नेपाल मानव धर्म सेवा समिति कर्णाली क्षेत्र आश्रमका युवा सह–संयोजक बालकृष्ण बिसीले जानकारी दिए । पछिल्लो समय वीरेन्द्रनगरमा रगत अभाव भएको जानकारीमा आएपछि अभाव टार्नको लागि रक्तदान गरेको उनले बताए ।