२०७८, ९ आश्विन शनिबार

चीन संगको विवादित भूमि, खबर सार्वजनिक भएको १० महिना पछि प्रदेश सरकारको चासो

सुर्खेत । हुम्ला नेपाल–चीन सीमा विवादमा कर्णाली प्रदेश सरकारले चासो दिएको छ । कर्णाली प्रदेश सरकारले हुम्लामा पर्ने नेपाल–चीन सीमाको शनिबार स्थलगत अवलोकन गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही, नेपाल काँग्रेस संसदिय दलका नेता जिवनबहादुर शाही, पूर्व भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी सहितको टोलीले हवाई मार्फत जिल्लाको नाम्खा गाउँपालिका–५ को लोलुङजोङ पुगेर सीमा अवलोकन गरेको हो ।
सीमा अवलोकन गरेर प्रदेश सरकारको टोली शनिबार नै राजधानी वीरेन्द्रनगर फर्कीएको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए । अवलोकन टोलीमा राई समेत गएका थिए ।

गत बर्ष भदौंमा चीनले नेपाली भूभागमा आफ्ना भवन बनाएको खबर सार्वजनिक भएको थियो । नाम्खा वडा नम्बर ५ लोलुङजोङमा चीनले नयाँ भवन निर्माण गरेको देखेपछि चीनले नेपाली सीमाना मिचेको खबर निकै चर्चामा आएको थियो ।

त्यो समयमा चुपचाप लागेको प्रदेश सरकारले झण्डै १० महिना पछि फुर्सदमा सिमा अवलोकन गरेको हो । यस अघि हुम्लाका प्रतिनिधि सभा सदस्य छक्कबहादुर लामा र प्रदेश सभा सदस्य जीवनबहादुर शाहीले समेत उक्त क्षेत्रको स्थलगत भ्रमण गरेका थिए । चालू आर्थिक वर्षको अन्त्यमा मुख्यमन्त्री शाही सहितको टोली चीन नेपाल सिमामा पुग्नुलाई विभिन्न तरिकाले हेरिएको छ ।

प्रदेश सरकारकाले ढिलै भएपनि औपचारिक रूपमा विवाद उत्पन्न स्थलको बस्तु स्थितिबारे जानकारीका लागि स्थलगत निरिक्षण गरेर आफ्नो क्षेत्र भित्रको भूमिको रक्षार्थ पहल शुरू गरेको काँग्रेस संसदिय दलका नेता शाहीले बताए । लिमीको लाप्चा,ललोङ्गजोम र हिल्सा, किट क्षेत्र (जहाँ १२, १०(२),९(२),८(१),७(१),६(१) र ६(२),५(१) र ५(२) सिमा स्तम्भहरू रहेका छन् ) । नेता शाहीले सिमाको मुद्दा हुम्लाबासीको मात्रै नभएर प्रदेश सरकारले चासो दिएको बिस्तारै संघीय सरकार र सिंगो राष्ट्रले पनि चासो दिने बताए ।

साथै उनले संघीय सरकारले पनि उक्त स्थानमा विज्ञ टोली खटाइ यथार्त विवरण सार्बजनिक गरेर दुबै छिमेकी चिन संग कुटनितिक माध्यमबाट हुम्लाको उत्तरी क्षेत्रमा पछिल्लो समयमा उत्पन्न यस समस्याको स्थायी समधानका लागि सघीय सरकारलाई आग्रह गरेका छन् ।