२०८१, ६ जेष्ठ आईतवार

अग्रपंतिका काम गर्ने पत्रकार तथा सुरक्षाकर्मीलाई मास्क वितरण

सुर्खेत । बागेश्वरी असल सासन क्लव (बास) सुर्खेत शाखाले फ्रन्टलाईनमा काम गर्ने पत्रकार तथा सुरक्षाकर्मीलाई मास्क वितरण गरेको छ । कोभिड–१९ प्रतिकार्यका लागि बास नेपालद्वारा स्थापित मास्क बैंक मार्फत वीरेन्द्रनगरमा रहेका सञ्चारगृह र सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई हस्तान्तरण गरिएको हो ।

शुक्रबार व्याक्तिगत रुपमा मिडियाहाउसमै पुगेर मेडिकल मास्क वितरण गरिएको बास सुर्खेत शाखाका सचिव प्रेमप्रकाश खत्रीले जानकारी दिए । रेडियो, पत्रपत्रिका तथा अनलाईनमा कार्यरत तिन दर्जन बढि पत्रकार, मजदुरी काम गर्ने मजदुर, सुरक्षाकर्मीलाई मास्त वितरण गरिएको सचिव खत्रीले बताए ।

सम्बन्धित समाचार