२०८१, २३ बैशाख आईतवार

सुर्खेतमा असार २५ गते सम्म निषेधाज्ञा थप, बिहान ९ बजे दखि साँझ ६ बजे सम्म पसल खोल्न पाइने

सुर्खेत । केहि खुकुलो बनाउँदै सुर्खेतमा जारी निषेधाज्ञा असार २५ गते सम्मको लागि थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको असार १६ गतेको बैठकको सिफारिसमा निषेधाज्ञा थप गरिएको हो । निषेधाज्ञा असार २५ गते राती १२ बजे सम्म ८ दिन लागि जारी गरिएको हो ।

संक्रमणको जालो तोड्न, जोखिम नियन्त्रण, रोकथाम गर्नको लागि निषेधाज्ञा थप गरिएको सुर्खेतमा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । कोरोनाको दोस्रो लहर देखिए संगै कर्णालीमा बैशाख १४ गते राती १२ बजेबाट निषेधाज्ञा जारी गरिएको थियो । जोखिम बढ्नै गए पछि विभिन्न सयममा थप गरेर असार १७ गते (आज) राती १२ बजे सम्मको लागि निषेधाज्ञा थप गरिएको थियो ।

पछिल्लो समय निषेधाज्ञालाई खुकुलो बताउँदै लगिएको छ । असार एक गतेबाट खुकुलो बनाउँदै गएको प्रशासनले पछिल्लो समय बिहान ९ बजे देखि साँझ ६ बजे सम्म पसल सञ्चालन गर्न दिने भएको छ । तरकारी फलफुल पसलहरु बिहान ६ देखि बेलुका ६ बजे सम्म खुला रहने छन् । होटल तथा रेष्टुरेन्ट ५० प्रतिशत नबढ्ने गरी स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने, भिडभाड नहुँने गरी सञ्चालन गर्न पाइने छ ।

प्रशासनको आदेश पलना नगरेको अवस्थामा कोभिड—१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही गरिने प्रशासनले बताएको छ । सुर्खेत सहित कर्णालीका १० वटै जिल्लामा निषेधाज्ञा जारी छ । पछिल्लो समय संक्रमणको जोखिम कम हुँदै गए पछि अन्य जिल्लाहरुमा पनि केहि खुकुलो हुँदै गएको छ । कोरोनाका कारण सुर्खेतमा मात्रै हाल सम्म एक सय ९५ जनाको मृत्यु भएको छ भने कर्णालीभर ३ सय २९ जनाको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ ।

सम्बन्धित समाचार