२०८१, ७ बैशाख शुक्रबार

बजेट पछि बस्न सकेन प्रदेशसभा बैठक

सुर्खेत । असार एक गते प्रदेशसभामा बजेट पेश गरे यता कर्णाली प्रदेशसभाको बैठक बस्न सकेको छैन । बजेट पछि असार ८ गते सम्मको लागि स्थगित गरिएको प्रदेशसभा पुनः ११ गते सम्मको लागि स्थगित गरिएको छ ।

कर्णाली प्रदेशसभा सचिवालयले सुचना टाँसेर बैठक स्थगित भएको जानकारी दिएको छ । हाल पुनर्वहाली भएका चार सांसदको मुद्दा विचाराधीन भएकाले सदन पनि स्थगित भएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।