२०८१, ७ बैशाख शुक्रबार

आगलागि पीडितलाई राहत वितरण

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले आगलागिबाट पीडित पञ्चपुरी नगरपालिकाका चार घर परिवारलाई राहत वितरण गरेको छ । पञ्चपुरी नगरपालिका–९ स्थित राग भन्ने स्थानमा आईतबार भएको आगलागिबाट पूर्ण रुपमा घर नष्ट भएका चार परिवारलाई राहत वितरण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत पदमलाल लामिछाने र लेखापाल देव प्रसाद उपाध्याय र सम्बन्धीत स्थानीय तहको टोलीले प्रति परिवार १० हजारका दरले रकम वितरण गरेको हो । प्रशासनको टोली सोमबार सम्बन्धीत क्षेत्रमा नै पुगेर राहत वितरण गरेको थियो ।