२०७८, २७ आश्विन बुधबार

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

सुर्खेत। कर्णाली प्रदेश सरकारले ल्याएको आगामि आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम महुमतले पारित भएको छ । मंगलबार नीति तथा कार्यक्रम माथि उठेका प्रश्नहरुको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जभाव दिए पछि नीति तथा कार्यक्रम पारित भएको छ । मंगलबार नै दिउसो चार बजे बस्ने बैठकमा प्रदेश सरकारले बजेट प्रस्तुत गर्दैछ ।

प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल एमालेले आफ्ना सांसदहरुलाई नीति तथा कार्यक्रमको विपक्षीमा मतदान गर्न ह्वीप जारी गरेको थियो । तर एमालेको माधव नेपाल समूहका सांसदहरुले सहयोग गरेपनि नीति तथा कार्यक्रम सहजै पारित भएको हो ।