२०७८, २१ श्रावण बिहीबार

कर्णाली स्वयम् सेवक दल गठन

सुर्खेत । कोरोना भाइरसको दोश्रो चरणको भेरियन्टको महामारीले आक्रान्त भैरहेको अवस्थामा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली स्वयम् सेवक दल गठन गरिएको छ । स्वयम् सेवक दल गठन हुने वित्तिकै दलले सिटी बसपार्कको बाहिर नागरिक सहायता कक्ष सञ्चालन गरेको छ ।

दलका अध्यक्ष सुदर्शन श्रेष्ठले पहिलो कार्यमा नागरिक सहायता कक्ष र मास्क बैंकको शुभारम्भ गरेको बताए । आफ्नो समूहमा कुनै पार्टी विषेश नभएर स्वयम् सेवामा दत्तचित्त भएर काम गर्ने यूवाहरु भएको संयोजक श्रेष्ठको भनाई छ ।

समूहमा सामाजक सञ्जालबाट काम गरिरहेको मोटे ग्याङ्ग नेपाल, कोभिड जित्दै छ कर्णाली, सुर्खेती कोभिड १९ सेल्फहेल्फ समूह, विपतका सारथी कर्णालीका यूवा लगाएतको समहुका सदस्यहरु रहेको उनको भनाई छ । साथै सेवक दललाई प्रदेशका १० वटै जिल्लामा विस्तार गर्ने तयारी भइरहेको समेत बताए । अहिले आफुहरु विषेश गरेर प्रदेश राजधानी वीरेन्द्रनगरमा केन्द्रित भएको भन्दै उनले सबै जिल्लामा फैलिने तयारी भइरहेको समेत बताए ।