२०७८, २१ श्रावण बिहीबार

सुशिल कोइराला सोसलिष्ट युथ सर्कल कर्णाली प्रदेश कार्यसमिति बिस्तार

सुर्खेत । सुशिल कोइराला सोसलिष्ट युथ सर्कल कर्णाली प्रदेश कार्यसमिति बिस्तार गरिएको छ । दैलेखका राजकुमार सिजापतीको संयोजकत्वमा २१ सदस्यी कार्यसमिति चयन गरिएको हो । जसको उपाध्यक्षमा प्रकाश तिमिल्सेना, महासचिवमा दिनेश सापकोटा, कोषाध्यक्षमा अस्मिता खनाल चयन भएका छन् ।

यस्तै सदस्यहरुमा ईश्वरी शाही, गणेश सिजापति, बसन्त भण्डारी, रमेश कुमार सिजापति, वीरेन्द्र बडुवाल, मानबहादुर शाही, मणिचन्द्र अधिकारी, कमला थापा, लोकेन्द्र प्रसाद जैसी, टीका प्रसाद ढकाल र तेजबहादुर बम रहेका छन् । यस्तै मिलन बिसी, रमेश कुमार आचार्य, भूपेन्द्र आचार्य, बिराज बुढा, शमशेर शाही र टीका खनाल समेत सदस्यमा चयन भएका छन् ।

युथ सर्कलको केन्द्रीय पत्रअनुसार प्रदेश कार्यसमिति विस्तार गरिएको संयोजक सिजापतिले बताए । साथै उनले तत्कालै प्रदेशका १० वटै जिल्लामा कार्यसमिति बिस्तार गर्ने समेत बताए । युथ सर्कलले विभिन्न सामाजिक कार्यहरु गर्ने, युवाहरुको क्षमता विकासको लागि थुप्रै कार्यहरु समेत अघि बढाएको उनको भनाई छ ।