२०७८, ३१ जेष्ठ सोमबार

रेडक्रसद्वारा नगर अस्पताललाई स्वास्थ्य सामग्री

सुर्खेत । नेपाल रेडक्रस सोसाइटी सुर्खेतले वीरेन्द्रनगर नगरपालिकाले संचालन गरेको नगर कोभिड अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । मंगलवार रेडक्रस सुर्खेतका सभापति रामलाल आचार्यको उपस्थितिमा जिल्ला कोभिड विपद व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले नगर पालिकाका प्रमुख देवकुमार सुवेदीलाई सामग्री हस्तान्तरण गरेका छन् ।

रेडक्रस सुर्खेतका सभापति आचार्यले हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीले नगर अस्पताल संचालनमा सहयोग पुग्ने बताए । प्रमुख जिल्ला अधिकारी रिजालले रेडक्रसले विपदको बेला गरेको सहयोगप्रति सह्राना व्यक्त गर्दै कोभिड रोकथाम तथा नियन्त्रणको कार्यमा सवै क्षेत्रले सक्दो योगदान गर्नुपर्ने उल्लेख गरे ।

उनले कोभिडको दोस्रो चरणको जोमिख केही कमी हुँदै गएकोमा अव सवै पक्षले तेस्रो चरणको रोकथामको तयारीमा लाग्नुपर्ने बताए ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले नगरपालिकाले नगरभित्रका कोभिडका विरामीहरुको उपचारका लागि संचालनमा ल्याएको नगर अस्पताललाई रेडक्रसले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

रेडक्रसले उपलव्ध गराएका सामग्रीहरुमा १० थाने बेड, १० थान अक्सिमिटर, मास्क, सोलार वत्तीलगायत विभिन्न रहेको शाखाका मन्त्री प्रदीप्त पौडेलले जानकारी दिए । सामग्री हस्तान्तरण कार्यक्रममा सुर्खेतका प्रहरी प्रमुख एसपी राजेन्द्र भट्ट, पत्रकार महासंघका अध्यक्ष ललित बसे, वीरेन्द्रनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्रदेव गिरी, नगर अस्पतालका चिकित्सकलगायतको उपस्थिति थियो । यसैवीच रेडक्रस सुर्खेतले लेकवेसी नगरपालिकालाई पनि ६ थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ ।

सम्बन्धित समाचार