२०८१, ७ बैशाख शुक्रबार

रेडक्रसद्वारा लेकवेशी नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

सुर्खेत । नेपाल रेडक्रस सोसाइटी सुर्खेतले लेकवेशी नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । रेडक्रसको आपतकालिन प्रतिकार्यका लागि पूर्वतयारी कार्यक्रम अन्तर्गत जिल्ला विपद व्यवस्थापन समिति मार्फत नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

मंगलबार स्वास्थ्य सामाग्री सुर्खेतका प्रमुख जिल्ला अधिकारी छलिलाल रिजालले लेकवेशी नगरपालिका प्रमुख गगनसिंह सुनारलाई हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य सामाग्री अन्तर्गत अक्सिजन सिडिण्डर पाँच वटा, स्प्रेट्याङ्की एक थान, सोलारलाईट पाँच वटा, पिपिसेट १० वटा, मास्क दुई हजार हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी सुर्खेतका सभापति रामलाल आचार्यले सहयोगले थोरै भए पछि नगरबासीहरुलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यस्तै रेडक्रसले मंगलबार नै सुर्खेतले वीरेन्द्रनगर नगरपालिकाले संचालन गरेको नगर कोभिड अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । स्वास्थ्य सामग्रीहरुमा १० थाने बेड, १० थान अक्सिमिटर, मास्क, सोलार बत्तीलगायत विभिन्न सामाग्री हस्तान्तरण गरेको हो ।