२०७८, ३१ जेष्ठ सोमबार

सम्पादकीय: राउटेलाई संरक्षण गरौँ

लोपउन्मुख राउटे समुदाय कर्णाली प्रदेशका एक एतिहासीक सम्पत्ति हुन् । यिनको रक्षा गर्नु कर्णाली प्रदेश सरकार, स्थानीय सरकार तथा केन्द्र सरकारको दायित्व र जिम्मेवारी हो । वन जंगल, नदि किनारमा फिरन्त जिवन बिताउँदै आएका राउटे समुदायको आफ्नो संस्कार संस्कृति लोप हुने अवस्थामा छ । सयाँै बर्ष देखि कर्णालीका दैलेख, सुर्खेत, सल्यान लगायतका जिल्लाहरुमा बस्दै आएका राउटे परिवारको संख्या पनि दिन प्रतिदिन घट्दै गएको छ । समय र परिस्थिति अनुसार उचित संरक्षण र सम्ब्रधन बिना राउटेको संस्कृति, भेष भुषा लोप हुने अवस्थामा पुगेको हो । कुनै समय पैसा छोए पाप लाग्छ भन्ने जाति राउटेलाई चिनिन्थ्यो तर अहिले राउटेलाई नेपाल सरकार तथा प्रदेश सरकारले मासिक भत्ता दिइरहेको छ । जस कारणले पनि राउटेले मेहेनत गर्न छाडेका छन् । कुनै समय वन जंगलमा काठबाट विभिन्न प्रकारका भाँडाकुँडा बनाउने, गाउँघरमा अन्न संग राउटेले साँट्ने गर्दथ्ये । त्यसरी नै आफ्नो जिविको पार्जन गर्ने गरेका थिए ।

तर अब समय बदलिए संगै राउटेको जिवनमा पनि परिवर्तन त आएको छ परिवर्तन संगै राउटे समुदाय लोप हुने अवस्थामा पुगेका छन् । राउटे समुदायलाई संरक्षणको लागि कुनै प¥यास नै नभएको भने होइनन् । तर हाल सम्म भएका प¥यासले राउटेमा सकारात्मक भन्दा पनि नकारात्मक परिवर्त हुँदै गएको छ । मासिक रुपमा दिइने भत्ताले राउटे विभिन्न कुलतमा फस्ने, जाँड रक्सी खाने, जता मन लाग्यो त्यतै जाने समेत गरेका छन् ।

आईतबार मात्रै राउटे समुदायका दुई जना युवतीलाई होटलमा लगेर जाँड रक्सी खुवाएर यौन दुरव्र्यवहार गरेको आरोपमा तिन जना पक्राउ परे । यसले राउटे सुरक्षित छैनन् भन्ने प्रष्ट पार्दछ । यति मात्र हैनन् । पछिल्लो समय राउटे समुदायमा फेसबुक, टिकटक, युट्युबमा भाइरल हुन धेरै मानिसहरु जाने गरेका छन् । भने नाममा मात्रै राहत वितरण गर्ने जस्ता कामहरु भइरहेका छन् । यसले राउटे समुदायलाई झनै जोखिम बढाएको छ । यसमा सम्बन्धित क्षेत्रको गम्भिर ध्यान जान जरुरी छ ।

 

सम्बन्धित समाचार