२०७८, ३१ जेष्ठ सोमबार

सुर्खेतमा जारी निषेधाज्ञा जेठ ३१ गते सम्म थप

सुर्खेत । सुर्खेत जारी निषेधाज्ञा जेठ ३१ गते सम्म थप गरिएको छ । जिल्ला कोभिड सुरक्षा समितिको बैठकले ३१ गते राती १२ बजे सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

यस अघि दोस्रो लहरको कोरोना संक्रमण अत्याधिक मात्रामा बढे संगै सुर्खेतमा बैठक १४ गते राती १२ बजेबाट लागु हुने गरी निषेधाज्ञा जारी गरिएको थियो । पछि विभिन्न समयमा थप्दै जेठ अन्तिम सम्म पुर्याईएको हो । जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत श्रीसम्सेर रानामगरले जोखिम कायम नै रहेकाले निषेधाज्ञा थप भएको बताए ।

सम्बन्धित समाचार