२०८१, ३ मंसिर सोमबार

मानवसेवा आश्रमलाई अमेरिकामा बस्ने नेपालीको सहयोग

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा संचालित मानवसेवा आश्रमलाई अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरेका छन् । सुर्खेतस्थित लायन्स क्लब अफ सुर्खेत गढीको समन्वयमा अमेरिकामा रहेका बेस्र्टन हाडफोर्ड लुम्बिनी लायन्स क्लब र हार्डफोर्ड काउन्टी एभरेष्ट सेन्टियल लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरुले करिब ४० हजार बराबरको खाद्यान्न तथा दैनिक उपभोग्य बस्तु सहयोग गरेका हुन् ।

क्लबका अध्यक्ष माधव आत्रेय र नरेन्द्र पन्त तथा चार्टर्ड प्रेसिडेन्ट कृष्ण कंडेलको संक्रियतामा संकलित रकमबाट चामल, दाल तेल लगायतका खाद्यान्न सामाग्री आश्रमलाई उपलब्ध गराइएको समन्वय संस्था लायन्स क्लब अफ सुर्खेत गढीका अध्यक्ष लक्ष्मण कंडेलले बताए ।

आईतबार आश्रमलाई सामाग्री हस्तान्त्रण गर्दै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले आश्रमले गरेको पुण्य काममा अमेरिकामा बस्ने नेपालीको सहयोगले थोरै भएपनि राहत पुग्ने बताए ।

त्यस्तै डिस्ट्रिक ३२५ जोन चेयर पर्सन टिकाराम चपाईले आश्रमले मानव सेवामा पु¥याएको योगदानको प्रसंशा गर्दे खाद्यान्न लगायतका सामाग्रीले थप सहजता हुने विश्वास व्यक्त गरे ।

आश्रमकी संचालक सृजना ओली मानवसेवाले सहयोगी दाताहरुबाट संचालन भएको आश्रमलाई सहयोग पु¥याएकोमा सहयोगी संस्थाप्रति आभार प्रकट गरिन । सहयोगापेक्षी सडक मानव मुक्त गर्ने उदेश्यले संचालित मानवसेवा आश्रममा हाल ९० जनाले आश्रय लिएका छन ।

अमेरिकाका दुई क्लबबाट प्राप्त एक हजार डलर रकम सहयोग मध्ये यस अघि प्रदेश आयुबैद अस्पतालमा संचालित अमृत भोजनकाका लागि ६३ हजार बराबरको खाद्यान्न सहयोग उपलब्ध गराइएको अध्यक्ष कंडेलले जानकारी दिए ।