२०७९, २७ श्रावण शुक्रबार

सुरक्षाकर्मीलाई स्वास्थ्य तथा सुरक्षा सामाग्री सहयोग

सुर्खेत । नेपाल उद्योग वाणिज्य महासंघ, कर्णाली प्रदेश शिक्षा, स्वास्थ्य तथा खेलकुद समितिले सुरक्षामा खटिने नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई स्वास्थ्य तथा सुरक्षाका सामाग्रीहरु सहयोग गरेको छ । महासंघले आईतबार जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एस्पी राजेन्द्र भट्ट र ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुखलाई सामाग्री हस्तान्तरण गरेको हो ।

२५ पेटी पानी, एक सय पिस सेनिटाईजर, दुई सय पिस जिबनजल, दुई हजार पिस सिटामोल टेबलेट र सात सय ३० पिस सर्जिकल मास्क सहयोग गरिएको नेपाल उद्योग वाणिज्य महासंघ, कर्णाली प्रदेश शिक्षा, स्वास्थ्य तथा खेलकुद समितिका संयोजक कविराज कँडेलले जानकारी दिए । जनताको सेवामा खटिने सुरक्षाकर्मीलाई महासंघको तर्फबाट केहि मात्रामा सहयोग गरेको र त्यसले सुरक्षाकर्मीलाई केहि मात्रामा भए पनि राहत हुने उनको विश्वास छ ।