२०७८, ३१ जेष्ठ सोमबार

राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्नेलाई कडा कारबाहीको माग

सुर्खेत । दैलेखको गुराँस गाउँपालिकाले राउटे युवतीमाथि यौन दुरव्र्यवहार गर्नेलाई कडा कारवाहीको माग गरेको छ । राउटे समुदायका लागि परिचयपत्र उपलब्ध गराएको गाउँपालिकाले आईतबार एक विज्ञप्ती जारी गर्दै घटनामा संलग्न दोषीलाई वास्तविकता छानविन गरि कानुनबमोजिम कारबाही गर्न माग गरेको हो ।

‘राउटे समुदायका युवतीसँग एक होटलको बन्द कोठामा अश्लिल क्रियाकलाप गरेको भिडियो विभिन्न सञ्चारमाध्याम र सामाजिक सञ्जालमा सार्वजनिक भैरहेको प्रति यस गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ ।’

गाउँपालिकाका अध्यक्ष खेमराज वलीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘पक्राउ परेका गुर्भाकोट नगरपालिका–९ भुल्केका चमन घर्ती (जोगी), भुपेन्द्र बुढा र होटल संञ्चालक बिनोद पुनलाई घटनाको वास्तविकता छानबिन गरी कानुनको दायरमा ल्याई हदैसम्मको कारबाहीका लागि जोडदार माग गर्दछौं ।’ यस अघि भिडियो सामाजिक सञ्जालमा भइरस भए पछि प्रहरीले तिन जनालाई आईतबार बिहानै पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार