२०८३, १७ असार बुधबार

नयाँ शक्तिले तोक्यो कर्णाली र प्रदेश १ को संयोजक

काठमाडौं । नयाँ शक्ति नेपाल पार्टीले कर्णाली प्रदेश र प्रदेश नम्बर १ को संयोजक तोकेको छ । पार्टीको भर्चुअल माध्यम द्वारा सम्पन्न केन्द्रिय समिति बैठकले मंगलबार संयोजक तोकेको हो ।

कर्णाली प्रदेश संयोजकमा बि.स २०७४ सालमा भएको प्रदेशसभा उम्मेदवार कर्णबहादुर बुढालाई जिम्मेवारी तोकिएको छ । भने प्रदेश नम्बर १ को संयोजकमा संखुवासभाका कुल चन्द्र बराललाई तोकिएको छ ।

प्रदेश समितिको सम्पुर्ण अधिकार बैकल्पिक ब्यबस्था नभए सम्म प्रदेश संयोजकलाई प्रत्यायोजन गरिएको छ । प्रदेश समिति निर्माण र जिल्ला संयोजक तोक्ने अधिकार समेत प्रदेश संयोजकलाई हुनेछ । केन्द्रिय संयोजक रवि किरण हमालले निष्ठा पुर्वक नयाँ शक्ति पार्टीलाई वैचारिक तथा सांगठनिक रूपमा अगाडि बढाउने हौसला मिलोस भनी शुभकामना व्यक्त गरेका छन् ।