कर्णालीमा थप १५४ जनामा कोरोना, १७८८ सक्रिय संक्रमित
सुर्खेत । कर्णाली प्रदेशमा थप १ सय ५४ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टी भएको छ । ¥यापिड एन्टिजेन विधिबाट ४ सय ८ जनाको परिक्षण गरीएकोमा १ सय ५४ मा पोजेटिभ देखिएको हो ।
यो संगै एन्टिजेन विधिबाट हाल सम्म ९ सय ७९ जनामा संक्रमण पुष्टी भएको छ । हाल सम्म आरटी पिसिआर विधिबाट ८ हजार ७ सय ८१ जनामा संक्रमण पुष्टी भएको छ । नयाँ संक्रमितहरु सल्यानका ६७, जाजरकोटका ४८, दैलेखका १, रुकुमपश्चिमका ६, कालिकोटका २५ र डोल्पाका ७ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप ३१ जना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् । कुल संक्रमित मध्ये हाल सम्म ५४ जनाको मृत्यु भएको छ भने १ हजार ७ सय ८८ जना सक्रिय संक्रमित प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा रहेका स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ ।

